रुपेश र रनासिंघेलाई नेपाल भाषा मंका:खल:राष्ट्रिय र्‍यापिड चेसको उपाधि

रुपेश र रनासिंघेलाई नेपाल भाषा मंका:खल:राष्ट्रिय र्‍यापिड चेसको  उपाधि

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २२ ।

न्हुदँ समारोह समिति ११४४ यलको आयोजनामा दुईदिने दोश्रो नेपालभाषा मंका:खल:राष्ट्रिय र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र श्रीलंकालि महिला डब्लुआइएम सचिनि रनासिंघेले जितेका छन्। आठ चरणको खेलमा रुपेशले सातमम जित एका बराबर गरि ७.५ अंक जोडेका छन्।

सो  प्रतियोगितामा ६.५ अंक सहित आशिष फूँयाल दोस्रो स्थानमा रहन सफल भएका छन्। समान अंक बनाएर क्षितिज भण्डारी तेस्रो बन्न सफल रहे। ६ अंक प्राप्त गर्दै नेपालका युवा खेलाडी पुरुषोत्तम सिलवाल , कृष्णमान महर्जन, जनार्दन श्रेष्ठ, सुदिप तामाङ, राजन पुरी, एफएम सजिन महर्जन र पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकार क्रमश: चौथो देखि दशौं स्थान ओगट्न सफल भएका छन्। महिला तर्फ श्रीलंकन डब्लुआइएम सचिनि रनासिंघे ५ अंक सहित प्रथम , पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी र नेपाल च्याम्पियन डब्लुएफएम सुजना लोहनी दोश्रो र तेश्रो बन्दै पुरस्कार जित्न सफल रहे।

प्रतियोगितामा ललितपुर जिल्लाका स्थानीय पुरस्कार सुरोज महर्जन र रत्न ब्यञ्जनकारको नाममा रह्यो भने अनरेटेड तर्फ विजेश राजकर्णीकारले अब्बल रहे। नेपालभाषा मंका:खल:, यलको दबूछेंमा सम्पन्न पुरस्कार वितरण तथा समापन कार्यक्रममा बाग्मती प्रदेशका उद्योग मन्त्री माननीय रामकृष्ण चित्रकारले बाग्मती प्रदेश सरकारले भर्खरै मात्र नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न मिल्ने गरि निर्णय गरेको कुरा ब्यक्त गर्दै मंका:खल:ले यसलाई प्रयोगमै ल्याएको देखेर निर्णय सफल भएको बताए।

नेपाल बुद्धिचाल महासंघकाका. अध्यक्ष हेराकाजि महर्जनले संघ नयाँशिरावाट अगाडि बढिरहेको र परिणाममुखि कार्यहरुको थालनी भइसकेको अभिव्यक्ति जाहेर गरेका थिए । कार्यक्रमका संयोजक राजु ताम्राकारले स्वागत मन्ब्यको क्रममा देशभरका ८९ जना खेलाडीहरुको सहभागी रहेको र कूल ६४ हजार नगद पुरस्कार प्रदान गरिएको जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।