आए दशैँका दिन: त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ७ ।
१. गर्छन् चट्ट कुरा हिमाल चुचुरा मुस्काउँदै आपस
काला मेघ गएकता पर भए हाँसेर पाखा बस
मान्छेका घर गम्किएचहकिए छन् बेहुलीझैँ किन?
साराका व्यवहारले भनिसक्यो आए दशैँका दिन ।
२. ताँती छन् घर फर्किने लहरका को बस्छ ऐले पर ?
केलाएर हिलो धुलो प्रकृतिले पार्अयो हा सुग्घर
बज्दैछन् नगरी भरी शुभ छरी ती मालश्रीका धुन
बारी खेत बनी अहा लहलहाआए दशैँका दिन ।
३. चम्के फूल यताउता जग पुरा उद्यान जस्तो भयो
मान्छे छन् पिङमा उमङ्ग मनमा संसार कस्तो भयो
गर्मी निम्ति निषेध नै छ कि गयो चाल्दै पँखेटा किन?
झर्नाको तन सङ्लियो मन खुल्यो आए दशैँका दिन ।
४. बस्ती मादलले उचाल्छ कि चल्यो घिन्घिन वा घिन्घिन
कुद्दैछन् खहरे बनेर हँसिलो हेरेर यो रम्झम
धर्ती खोज्छ कि यै सफाचट शरद् उल्लासले चम्कन?
को सोध्दैछ सबै भन्यो समयले आए दशैँका दिन ।
५. टीका टम्म निधारमा छ जमरा चम्काउँदै छन् शिर
आशीर्वाद छ दिव्य मान्यजनको हो धन्य यो तक्दिर
भन्दै रौनकभर्दियो विजयले आस्था भरौँ सज्जन
नानीदङ्ग छ रङ्गले बुझिसकेँ आए दशैँका दिन ।
६. बिर्सीद्यौ जनले थिए कि त भनीआँधी हुरीकापल
बिर्सीद्यौ मनले चिसादिनहरू आएर गर्ने छल
आनन्दी गरिमामयी दिन यिनै सक्ला र को बिर्सन ?
बस्नै बास अनन्त सम्म दिलमा आए दशैँका दिन ।
७. आफन्तीपन भेटघाट मनमा बोकेर आयो दशैँ
वर्षा बादल भेल हण्डरहरू रोकेर आयो दशैँ
हार्नै योग्य छ द्वेष राग ननिका जानेर आयो दशैँ
यौटा स्वस्थ परम्परा विगतको मानेर आयो दशैँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।