जयस्नु र योङगीलाई स्वर्ण

जयस्नु र योङगीलाई स्वर्ण

कपन अनलाइन
काठमाडौं, कात्तिक ६  ।
कीर्तिपुर नगरपालिका ६ का जयस्नु महर्जन र कीर्तिपुरकीयोङगी पौडेलले तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा जयस्नु र गल्र्समा योङगी पहिलो भएका हुन् ।
स्पिन इभेन्ट प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा जयस्नुले ललितपुर महानगरपालिका ७ का एलेन महर्जनलाई १२–१०, ९–११, ९–११, ११–९ र ११–९ को सेटमा पराजित गरे । काठमाडौं महानगरपालिका २६ का आर्यन शाही र मन्थली ४ का प्रजिल भट्टराई तेश्रो भए ।
सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भएको गल्र्सको उपाधि भिडन्तमा योङगीले ओखल्ढुंगाकी सुस्मिता खड्कालाई १०–१२, ११–७, ११–१३, ११–९ र ११–८ को सेटमा हराइन् । धरान १० काद्वय सोनम थोकर तथासुलेखा ठाकुर तेश्रो बने ।
भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौं २९ की इन्दिारा पराजुलीले स्वर्ण हात पारिन् । इन्दिराले फाइनलमा आफ्नै वडाकी सम्झना पोखरेलमाथि ११–३, ११–८ र ११–६ को सहज जित दर्ता गरिन् । ललितपुर ११ की सर्मिला शाक्य र भक्तपुरकी इमी प्रजापति तेश्रो स्थानमा रहे ।

तपाइँको प्रतिक्रिया ।