बझाङमा भूकम्पबाट प्रभावित ११० परिवारलाई प्राज्ञिकद्वारा न्यानाे कम्बल वितरण

बझाङमा भूकम्पबाट प्रभावित ११० परिवारलाई प्राज्ञिकद्वारा न्यानाे कम्बल वितरण

कपन अनलाइन

काठमाण्डौ ,असोज ३ ।

बझाङमा गएकाे विनाशकारी भूकम्पबाट प्रभावित ११० परिवारलाई प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले न्यानाे कम्बल वितरण गरेकाे छ । कार्तिक १६ गते बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर गएको ६.३ म्याग्निट्यूडको भूकम्प र त्यस पछिकाे निरन्तरकाे पराकम्पनबाट भएको क्षतिका कारण दर्जनौं घर परिवारमा क्षति पुर्याएकाे र सयौं मानिसहरू घरबार विहिन भएका छन् ।

साेही विषयलाई मध्यनजर गर्दै विद्यार्थी परिषद्ले आफ्नो मानवीय सेवा कार्य अन्तरगत विभिन्न क्षेत्रबाट सहयोग संकलन गरी त्यहाँका नागरिकहरूलाई न्यानो कम्बल वितरण गरेकाे हाे ।

परिषद्ले आफ्नो मानवीय साहयतालाई उच्च प्राथमिकता दिदै भूकम्पबाट लागेकाे धेरै घाउमा थाेरै भएपनि मलम लगाउने उदेश्यका साथ अगाडी बढ्दै भूकम्पबाट प्रभावित भएका घरपरिवार पहिचान गरी बाहिर टेन्ड, त्रिपाल र अस्थायी टहरामा बस्न बाध्य बझाङका नागरिकहरूलाई जाडो समयकाे मध्यनजर गर्दै परिषद्का कार्यकर्ताहरू विभिन्न ठाउँबाट बझाङ पुगि ११० घरपरिवारलाई न्यायाे कम्बल वितरण गरिएको परिषद्का सुदुरपश्चिम संगठन सचिव चन्द्रशेखर जाेशीले जानकारी दिएका छन् ।

नेपाललाई पूरा परिवार मानेर विगत २८ वर्षदेखि राष्ट्रव्यापीरूपमा सक्रिय रहेको नेपालकाे एक मात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद्ले जब जब देशमा आपत विपत पर्छ, संकट सिर्जना हुन्छ तब तब आफ्नो सम्पूर्ण नियमित सांगठनिक कार्यलाई थातिराख्दै सेवा कार्य, मानवीय साहयता, साथ र सहयोगका लागि अग्रसर हुदैं महत्त्वपूर्ण भूमिका निर्वहन गर्दै आइरहेको छ ।

चाहे काेशी बाढी हाेस, चाहे २०७२ सालकाे विनाशकारी भूकम्प हाेस, चाहे काेराेना महामारी हाेस, चाहे मेलम्चीमा गएको विनाशकारी बाढीहाेस, चाहे विभिन्न समयमा गएको बाढी पहिराे नै किन नहाेस् रहेक विपतमा विद्यार्थी परिषद् जनतासँग हुने गर्दछ । बिहीबार बझाङमा गरिएको कम्बल वितरण कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय जनजाति कार्य प्रमुख चन्द्र शेखर जाेशी, राष्ट्रिय सचिव दिवस पाेख्राेल,केन्द्रीय सदस्य एवम् विभाग संगठन सचिव विरजित बाेहाेरा, लगायत त्यस क्षेत्रका समाजसेवी, जनप्रतिनिधिहरूकाे विशेष उपस्थितिमा वितरण उक्त कम्बल वितरण गरिएको परिषद् जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।