गल्ती गर्ने आफु अरुलाई किन दोष : ढुण्डीराज मरासिनी (कविता )

गल्ती गर्ने आफु  अरुलाई किन दोष : ढुण्डीराज मरासिनी (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।

भित्री बाहिरी नेत्र ले हेर पुर्याउ  होस्,
पैसाकै मदमा डुबी कति हुन्छौ मदहोस्,
गल्ती गर्ने आफुले अझ बन्दै निर्दोष,
कुर्लिन्छौ उल्टैअझै खूब निकाली जोस ।
भेंडा बाख्राले पनि छान्न सिके गुण दोष,
कहाँ कहाँ छन् लूटका गुप्त भकारी कोष,
अबता अति नै भयो जन जन छन् आक्रोस,
गल्ती गर्ने आपूm अरुलाई किन दोष ।

सहकार्य : कपन बानेश्वर साहित्यीक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।