लायन्स तथा लियो जिल्ला ३२५ जे नेपालको बृहत रक्तदान कार्यक्रम सम्पन्न

लायन्स तथा लियो जिल्ला ३२५ जे नेपालको बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असोज २१।

लायन्स क्लव इन्टरनेसनल  जिल्ला ३२५ जे नेपाल तथा लियो जिल्ला परिषद ३२५ जे नेपालका काठमाडौंमा रहेक समस्त क्लबहरुको संयुक्त आयोजना तथा कान्तिपुर ब्लब बैंकको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सो रक्तदान कार्यक्रम  शनिबार काठमाडौं गोङ्गबुमा रहेको नबोधित कलेजमा सम्पन्न भएको हो । शनिबार सम्पन्न उक्त कार्यक्रमबाट कुल ७७ पिन्ट रगत सङ्कलन भएको जानकारी गराउदै लियो जिल्ला परिषद ३२५ जे नेपालका प्रवक्ता लियो सुदिप राज फुयालले लायन्स तथा लियो रगत सङ्कलन गर्ने अग्रपंक्तिको सामाजिक सस्था रहेको र आगामी दिनमा पनि यस्ता समाजिक अभियान जारी रहने बताउएका छन ।

तपाइँको प्रतिक्रिया ।