नाराबाजीबीच काठमाडौँ ४ को सुझाव सङ्कलन,कार्यक्रम हलभित्र च्यातियो संविधान

५ साउन ।

संविधानसभाले तयार पारेको संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिने अधिकांश नागरिकहरुले धर्म, राष्ट्रियता र सीमाको विषयलाई हचुवाका भरमा संवैधानिक व्यवस्था नगर्न माग गरेका छन् ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा हिजो  आयोजित सुझाव सङ्कलन कार्यक्रममा सुझाव दिने अधिकांश नागरिकले यस्तो माग गरेका हुन् । सात वर्षमा बनाइएको संविधानको मस्यौदामा सुझाव दिन समयमा उपलब्ध नभएकोमा आपत्ति जनाएका थिए ।

Sujaw_kapanonline (1)

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको बास्केटबल खेलमैदान र बूढानीलकण्ठ नगरपालिका कपन वडा नम्बर १२ मिलनचोक पार्टीभेनुमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर चारका निर्वाचित सभासद् गगन कुमार थापा , नेकपा (एमाले)का समानुपातिक सभासद् डा. राजन भट्टराई,फोरम लोकत्रन्तिक का डा. सुबोद पोखरेल, गीता राणा लगायतले सुझाव सङ्कलन गरेका थिए ।

कार्यक्रममा आइतबार मस्यौदा बाँडेर सोमबार कसरी सुझाव दिन सकिन्छ भनी प्रश्न गर्दै संविधानमा दिइएका सुझावलाई रद्दीको टोकरीमा नमिल्काउन माग गरेका थिए । कति सहभागीलाई कार्यक्रम भइरहेका बेला संविधानको मस्यौदा बाँडिएको थियो ।

Sujaw_kapanonline (4)

सुझाव दिनेहरुले कृषि प्रधान देशमा कृषिमैत्री संविधान बनाइनुपर्ने र राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म निर्वाचित गर्ने व्यवस्था गरिनुपर्ने ,आठ प्रदेशका सांसद्को लस्कर मुलुकको आर्थिक अवस्थाले धान्न नसक्ने भएकाले पाँच प्रदेशभन्दा बढी सङ्घको व्यवस्था नगर्न पनि सहभागीले माग गरेका थिए ।

चालक बन्न प्रवेशिका उत्तीर्णको व्यवस्था गर्ने तर सांसद र मन्त्री भई देश चलाउनेको कुनै योग्यता नतोकिएकाले संविधानमै योग्यताको व्यवस्था गर्न माग गर्नेको सङ्ख्या पनि धेरै थियो । सहभागीले स्थानीय निकायदेखि सांसद्का उम्मेदवारसम्मको शैक्षिक योग्यता संविधानमै तोक्न माग गरेका थिए ।

Sujaw_kapanonline (2)

सुझाव दिनेमध्ये प्रायः सबैले धर्मको मुद्दा उठाएका थिए । अधिकांशले नेपाललाई हिन्दू राज्य बनाइनुपर्ने बताएका थिए भने केहीले धार्मिक स्वतन्त्रताको माग गरेका थिए । नगन्यले मात्र धर्मनिरपेक्षताको पक्ष लिएका थिए ।अधिकांश सहभागी संविधानसभामा सभासद्ले आफ्ना विचार राख्दै हिँड्दै गरेजस्तै विचार राखेपछि कुर्सी खाली बनाएर हिँडेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४ का सभापति   न्हुच्छेनारायण श्रेष्ठ ,नेकपा (एमाले)काठमाडौँ क्षेत्र नम्बर ४ का  अध्यक्ष कुसुम कुमार कार्की ,एकीकृत नेकपा (माओवादी)काठमाडौँ क्षेत्र नम्बर ४ का संयोजक शन्तोष सुवेदी “प्रयास”, बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत बिरेन्द्र देब भारती लगाएको उपस्थिति रहेको थियो ।

 

कार्यक्रम हलभित्र च्यातियो संविधान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संविधानको मस्यौदामा जनताको राय सङ्कलन गर्ने कार्यक्रमलाई ‘नौटङ्की’ भन्दै सविधानको मस्यौदा कार्यक्रम हल मिलनचोकमा च्यातेको छ ।

sujhaw_kapanonline222

कार्यक्रममा रिलायन्स स्कुलका विद्यार्थी हरुले मस्यौदामाथि आफ्नो रायसुझाव दिरहेको बेलामा भिड बाट एउटा आवाज आयो -“हामीलाई यो संविधानको मस्यौदा चित्तबुझ्दो छैन त्यसैले हामी यो संविधानको मस्यौदा च्यादैछौ” भन्दै च्यातिएको मस्यौदा स्टेजमा फ्यालेका थिए । त्यस लगतै प्रहरीले उक्त युवकलाई हलबाट बल प्रयोगगरि बाहिर निकालेको थियो । बाहिर रहेका राप्रपाका कार्यकर्ता हरुले केहीबेर नाराबाजी गरेका थिए भने भित्र कार्यक्रम सामान्य अवस्थामा संचालन भएको थियो ।

 

Sujaw_kapanonline (3)

 

 

तपाइँको प्रतिक्रिया ।