आजको मौसम : दिनभर वर्षा हुने

आजको मौसम : दिनभर वर्षा हुने

कपन अनलाइन

काठमाण्डौ ,असोज १७।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

“आज पनि सोमबार र मंगलबारजस्तै पानी पर्नेछ । भोलिबाट पानी पर्नेक्रम कम हुनेछ,” मौसमविद् गंगा नगरकोटी  भन्छिन्, “काठमाडौंमा आज मंगलबार जस्तै पानी पर्ने र केही समय रोकिने क्रम आज दिनभर चलिरहनेछ ।”  विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । कोसी, मधेस र वाग्मती  प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाले नदीको जलसतह हल्का बढ्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ । त्यसैले सम्भावित क्षतिबाट बच्न सतर्क रहन विभागको आग्रह छ ।

तपाइँको प्रतिक्रिया ।