बालेनको विरोधमा भोलि बुढानिलकण्ठ नगरपालिकाले विरोध प्रदर्शन गर्ने
कपन अनलाइन
काठमाण्डौ ,असोज १४ ।
काठमाण्डौ महानगरपालिकाले खोला खोलेर अलपत्र पारेपछि भोलि बुढानिलकण्ठ नगरपालिकाले विरोध प्रदर्शन गर्ने भएको छ। कपन क्षेत्रका खोला खोलेको दुई महिना वितिसक्दा पनि कुनै पनि बैकल्पिक व्यवस्था गरेको भन्दै बुढानिलकण्ठ नगरपालिकाले विरोध प्रदर्शनको तयारी गरेको हो।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीका स्वकीय सचिव रबिन्द्र अधिकारीले नगर प्रमुखको सचिवालयको हवाला दिदै सामाजिक संजाल मार्फत सम्पूर्ण नगरवासीलाई विरोध प्रदर्शनमा सहभागी हुनका लागि अनुरोध गरेका छन।
खोला खोलेको दुई महिना वितिसक्दा पनि हाल सम्म कुनै पनि काम नगर्दा स्थानीय नागरिक दुर्गन्धले झाडा पखाला, ज्वरो, डेङ्गु जस्ता रोगबाट आक्रान्त हुनु परेको भन्दै बुढानिलकण्ठले असोज १५ गते बिहान १० बजे खोला क्षेत्रमा विरोध प्रदर्शनको तयारी गरेको हो।
तपाइँको प्रतिक्रिया ।