गजल : दिपक पनेरु
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।
जूनलाई आफ्नो सम्झी यो मनमा फूल फुल्दैछ
भँवरा बनि त्यो रस चुस्न मन उतै डुल्दैछ
थिएन कुनै तेजिलो घाम मनको आकाशमा
हटेर निराशाको बादल आज जून खुल्दैछ
सुख्खा बञ्जर भूमि थियो मुटुको गरा गरा
भएर प्रेमको वर्षाद खुशीको बाला झुल्दैछ
थिए कति मनभित्र वेदनाका खातहरु
आज पाएर प्रेमील साथ पीडाहरु भुल्दैछ
नछोड हात देउ है साथ भरोसा तिमीमा
अन्जान माया, त्यो मीठो प्रेम, मनमा घुल्दैछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।