खुल्ला किताब : बिके माकजू (कविता )

खुल्ला किताब : बिके माकजू (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज १३ ।
जिन्दगी भन्नु
वर्णमाला किताब
गणित हिसाब
त्यही त रहेछ

जुनसुकै बेला पढ्न मिल्ने
जो सुकैले पढ्न सक्ने
सरले अक्षर
सजिलो अंकले भरिएको
खुल्ला किताब ।

फलानोले यो ग¥यो
ढिस्कानोले त्यो ग¥यो
पढ्न सजिलो किताब

फलानोले कमायो
यो जोड्यो
त्यो जोड्यो
ढिस्कानो बिग्रियो
यति सक्यो
उति सक्यो
गर्न सजिलो हिसाब

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।