बनेपा नगरपालिका– ७ धनेश्वरमा टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

बनेपा नगरपालिका– ७ धनेश्वरमा टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

कपन अनलाइन

काठमाडौँ असोज ९।

बनेपा नगरपालिका– ७ धनेश्वरमा टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

धनेश्वर गेट नजिकै टिपरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक रोशी गाउँपालिका–८ खार्पाचोकका ३९ बर्षीय सिद्धि कुमार लामाको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

लामालाई शीरमेमोरीयल अस्पताल बनेपामा उपचार हुन नसकेपछि थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँ रिफर गरिएको थियो। उनको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

हिजो बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा ८४ प ६९५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ९९७५ नम्बरको टिपरले ठक्कर दिएको थियो।

ठक्कर दिने टिपर, टिपर चालक र मोटरसाइकल इलाका प्रहरी कार्या

तपाइँको प्रतिक्रिया ।