बाल अधिकार : तृष्णा श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज ६।
पढ्न, लेखन सिक्न पाउने
अधिकार बालबालिकाको ।
शिक्षा बिनाअधुरो हुन्छ
जीवन बालबालिकाको ।।
जीवन त दियौं तिमीले
तर अधिकार दिएनौँ ।
प्रत्येक बालबालिका माथि भएका
अत्याचार अन्त्य गरेनौं ।।
बालकका रहरहरुले
सगरमाथा छुन्छ ।
बालबालिका बलियो भए
देशशिखरमा पुग्छ ।।
सडकमा भौताडी दै छन्
अजै कति बालबालिका ।
आफ्नो पेट भर्न भिकमाग्दै
छन् अजै कति बालबालिका ।।
भन्दछन् देशकाखम्बा
बालबालिकालाई ।
तर उचित अधिकार पाएका
छैनन् त्यही बालबालिकाले ।।
फलेको फुलमापानी हाल्ने
ब्यक्ति हुन बालबालिका ।
पछि गएर भविष्यको देश
बनाउने कर्णधार हुन् बालबालिका ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।