चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

सुर्योदयको त्यो लालीमासँगै
साहित्य सुन्दर मिलिमासँगै
प्रज्वल्लता भरिन्छ जीवनमा
आकाशीय ती निलीमा सँगै ।

पवनले शीतलु सुसेली लाउदा
बिशालमार्गको त्यो कोशली पाउँदा
गह्रौ जीवन त केहीहल्का हुन्छ
चौतर्फ बेलीचमेलीको सुबास आउँदा ।

जीवनमा सपना धेरै हुन्छन्
मानिसका बिपना धेरै हुन्छन्
यी सबै जुटाउदा जीवनमा
मान्छेका कल्पना धेरै हुन्छन् ।

वनत सारै रमाइलो
चौतर्फ सारै घमाइलो
यी सबै जुटाउँदा जीवनमा
मान्छेका कल्पना धेरै हुन्छन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।