के म अर्को कृष्ण जन्माउँ त ?
कपन अनलाइन
काठमाण्डौ ,असोज ६/कमला खडका
भाद्र कृष्णाष्टमी –
खै किनहो
दिउँसैदेखि नै
असहज छ शरीर
प्रसव छट्पटीजस्तै
भएको छु आज
अजारिनु/बजारिनु पर्ने
परिस्थिति त होइन
तर कताकताको पीडा
उस्तै पहिलो सन्तान
जन्माउँदाको जस्तो
भावहरु उत्पन्नहुँदैछ
साँझधुमिलिंदै छ
बादलले छेकेर उज्यालो
छिर्न नसकेको धुमिल साँझ
म आफ्नो एक्लो शरीर
भुइँभरि फिंजाएर असरल्ल
क्रमशःक्रमशः
छट्पटिँदै छु,
भारी हुँदैछ शरीर
लाग्छ सबै पीडा शान्त गर्न
सम्पूर्ण दुखःहरण गर्न
मध्यरातको बाह्र बजे
के म अर्को
कृष्ण जन्माउँ त ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।