अहंकार: तेजकृष्ण बज्राचार्य (कविता )

अहंकार: तेजकृष्ण बज्राचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

त्यागौं घमण्ड
असक्त भएपछि
देख्ला ब्रम्हाण्ड ।।१।।

भर नपर्नु
पद पैसाबलको
अहं नगर्नु ।।२।।

मान्छेको चोला
अहं छोडौँ सोचेर
भोली के होला?।।३।।

खालीआईन्छ
व्यर्थको अहंकार
खालीगईन्छ ।।४।।

ऐश्वर्यको मात
मरेपछि जान्छ है
मसानघाट ।।५।।

नखोज भाउ
बाचुन्जेल दुख्छ है
अहंको घाउ ।।६।।

चर्को छ बोली
बन्छ जल्दै चित्तामा
खरानीभोली ।।७।।

अहंको मात्रा
हुन्छ थोरै खांदानी
ओरालो यात्रा ।।८।।

दुःखको खानी
पक्कै पनि हुन्छ है
दम्भले हानी ।।९।।

अहं फुलेछ
फूलहेर्दै आफूले
आफै भुलेछ ।।१०।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।