प्रिय छोरी : केशवराज भट्ट ‘सागर’ (कविता )

प्रिय छोरी : केशवराज भट्ट ‘सागर’ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज ६।

ममतामहि कोखमा तिम्रो
पहिलो गोलको दर्शक बनेर
म जतिखुशीभएको थिएँ
त्यसको करोडौंं खुशी त
त्यहीमैदानकीमालिक
तिम्रै आमाथिइन ।।
म त केवल संरक्षक थिएं ।।
हामीले धेरै गोल देखेपछी
तिमीले धेरै –धेरै खुशी देखाएकिथियौ ।।
हामीलाई तिम्रो कालो केस
अनिचम्किलो अनुहारले
चांदनीदर्साउँछ,
प्रिय छोरी !

निदाउँदै गर्दा तिम्रै
ओठबाट निस्कीएका
हावारुपीदुधे फोकाहरुवाट मात्र
डराउंछौ तिमी तर
तिमी डराएकीथिएनौ
तिम्रो जीवनले नवजिवनबनाउंदै गर्दा !
तिमी निडर छौ निडर हुनुपर्छ
र बन्नुपर्छ सगरमाथा जस्तै खम्बा
अनि धान्नुपर्छ चन्द्रशूर्य आकाशमा !
झुक्ननदिनु हाम्रो स्वाभिमान !
प्रिय छोरी
नेपाली !
तिमीलाई मबा को आशिर्बाद ।
जसरी मेरा बाले मलाई दिनुहुन्छ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।