चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असोज ४।

आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय बिकाश परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा बिकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।