बुढानीलकण्ठमा असोज ०२ गतेबाट केबल तार व्यवस्थापन कार्य सुरु हुने
बुढानीलकण्ठ नगरपालिका भित्र अव्यवस्थित रूपमा रहेका केवल तारको व्यवस्थापन कार्य सुरु हुन लागेको छ ।
अवयवस्थित केबल तार सम्बन्धी कार्यदल समितिको मिति २०८०।०५।२१ गतेको बैठकको निर्णय बमोजिम आसोज ०२ गते बाट बूढानीलकण्ठ मुख्य सडकका केबल तारहरु व्यवस्थापन गर्न लागिएको हो ।
असोज ०२ गते बिहान १० बजेबाट न्यूरो हस्पिटल गेट, बाँसबारी हुँदै बूढानीलकण्ठ मन्दिर मेनरोड क्षेत्रमा व्यवस्थापन कार्य सुचारु गरिने हुदाँ प्रत्येक सेवा प्रदायक संस्थाहरुबाट कम्तिमा दुई जना कर्मचारीहरू र केबल तार व्यवस्थापनमा चाहिने आवश्यक उपकरणहरू सहित अनिवार्य उपस्थितिको लागि नगरपालिकाले सुचना मार्फत अनुरोध गरेको छ । कुनै सेवा प्रदायक संस्थाहरुको उपस्थित नभई केबल तार काटिएमा नगरपालिका जवाफदेही नहुने जारी सूचनामा उल्लेख छ ।
मितिः २०८० असोज २ गते,
समयः बिहान १० बजे,
स्थानः न्यूरो हस्पिटल गेट, बाँसबारी बाट बुढानीलकण्ठ मन्दिर मेनरोड क्षेत्र