दाउन्नेमा दुर्घटनामा आठको मृत्यु

कावासोती, १ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा केहीबेर अगाडि भएको सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट दाङतर्फ गुडिरहेको ना ४ ख ५१४३ नम्बरको रात्रि बस र विपरीत दिशातर्फ गुडिरहेको युपी ३२ डिएन ८५४ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खाँदा घटनास्थलमै ६ जनाको मुत्यु भएको हो ।

bus_accident_nepal

दुर्घटनामा घाइते भएकाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म आठ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्ने सक्ने आशङ्का गरिएको छ । दुर्घटनामा मृत्यु हुनेको नाम, ठेगाना खुल्न सकेको छैन । उकालोमा दुर्घटना भएकाले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।