चार दिनपछि अर्को परकम्प

काठमाडौँ, १ साउन । आज बिहान ५ बजेर ९ मिनेट जाँदा ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।

बिहान ५ बजेर ९ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भएको ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो चार दिनपछि भएको पहिलो परकम्प हो । यसअघि सोमबार बेलुका ५ बजेर ३९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको थियो ।

भूकम्प गएको तीन महिना पुग्न लाग्दासमेत परकम्प जाने क्रम नरोकिए पनि क्रमिक रुपमा कम हुँदै गएको छ । ‘गोरखा भूकम्प’पछि ४ रिक्टर र त्यसमाथिको झन्डै ४०० परकम्प गइसकेका छन् ।

तपाइँको प्रतिक्रिया ।