नेकपा एमाले बागमती प्रदेस अधिवेसन प्रतिनिधिमा जगत प्रसाद निरौलाले दावी गर्ने
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १७।
नेकपा एमाले बागमती प्रदेस कमिटीको प्रथम अधिवेसनको प्रतिनिधिमा जगत प्रसाद निरौलाले दावी गर्ने भएका छन। निरौलाले यहि असोज ८ र ९ गते हुने प्रदेस अधिवेसनका लागि बुढानिलकण्ठ नगरपालिका अन्तर्गत हुने प्रतिनिधि छनौटमा आफ्नो दावी रहने बताएका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीका अध्यक्ष रहेका उनले प्रदेस अधिवेसनमा वडा तहका विषय र समस्याहरुलाई मुखर रुपमा प्रस्तुत गर्नका लागि वडाको नेतृत्व पुग्नुपर्ने आफ्नो धारणा रहेको भन्दै प्रतिनिधिमा दावी गर्ने बताएका हुन्।
बुढानिलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै मतदाता र जनशंख्या रहेको वडा नं १० मा दुई पटक नेकपा एमालेको प्यानल नै निर्वाचित गराउन सफल बनेका अध्यक्ष निरौलाले यस पटक शाखा अध्यक्षहरुको पनि प्रतिनिधित्व सुनिस्चित गर्न माग गरेका छन।
यस पटक प्रदेस र अन्य कमिटीका अधिवेसनमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधि छनौटको मुद्दालाई प्रभावकारी रुपमा उठाउने बताउदै निरौलाले अवको आवस्यकता कार्यकर्ताबाट अनुमोदित नेतृत्व रहेको विचार अगाडी सारेका छन।
आफ्नो वडाबाट नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा करिव दर्जन सदस्य सहित प्रदेस र केन्द्रीय महाधिवेसनमा प्रतिनिधि पठाउने अभियानको सफल नेतृत्व गरेका निरौलाको दावीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।
निरौला संगै नेकपा एमालेको बागमती प्रदेस कमिटीको अधिवेसनमा प्रतिनिधि बन्नका लागि धेरै स्थानीय नेताहरुले आन्तरिक तयारीलाई तीव्रता दिएका छन।