निचिरेन शोशु आध्यात्मिक संस्था नेपाल द्वारा जस्तापाता वितरण

निचिरेन शोशु आध्यात्मिक संस्था नेपाल द्वारा जस्तापाता वितरण

३० असार, २०७२, काठमाण्डौ
निचिरेन शोशु आध्यात्मिक संस्था नेपालको आयोजना एवं निचिरेन शोशु रिक्योबो म्योकान्को प्रधान कार्यालय जापानको सहयोगमा विनासकारी भुकम्प २०७२ बैशाख १२ र २९ मा परी पिडित हुनुभएका काठमाण्डौ जिल्लाको रानीवन–३५ घर, कपन–१५ घर, पेप्सीकोला– ८ घर, नयाँ वजार वसपार्क–२० घर, भक्तपुर–३५ घर, गोरखा जिल्लाको गाखु–२= २० घर, ताङ्गलीचोक=१५ घर, आरु आरुवाङ्ग=१५, रामेछाप जिल्लाको चनखु÷चिसापानी मन्थली न.पा.=२५ घर, रामपुर=१५ घर, खिम्ती=१५ घर, सिन्धुली जिल्लामा=२५ घर, महोतरी जिल्लाको माईस्थान गा.वि.स.=२० घर, र ओखलढुङ्गा जिल्लाको सिद्धिचरण न.पा.वार्ड नं.१ रामपुर=२० घर, काभ्रेपलान्चोक जिल्लाको कोशीदेखा वार्ड नं.६ ज्यामिरे=१२ घर, लामीडाँडा=४ घर वनेपा न.पा.=१ घर गरी कुल जम्मा ३०० घर परीवारलाई रु.३४,००,०००।– अक्षरेपी चौतिस लाख वरावरको जस्ता पाता वितरण कार्यक्रम सम्पन्न भयो ।

mail.google.com
निचिरेन शोशु रिक्योवो म्योकान्को जापानका मुख्य गुरु श्री ओगावा शिदो, गुरु श्री ओगावा शोगो, अन्तराष्ट्रिय अध्यक्ष श्री काजुओ ओकुसा, निर्देशक श्री ओकुरा कोजी, राष्ट्रिय अध्यक्ष श्री ईश्वर वहादुर क्षेत्री, ले विनासकारी भुकम्प २०७२ वैशाख १२ र २९ गते मा परी पिडित हुनुभएका पिडित परिवारलाई पेप्सीकोला नयाँ वजार वसपार्क , रानीवन कपन आरुवारी साँखु भक्तपुर ठिमी  गोरखा गाखु–२तालिङ्गचोक आरु आरुवाङ्ग काभ्रेपलान्चोक कोशीदेखा–६ ज्यामिरे  लामीडाँडा  रामेछाप चनखु चिसापानी मन्थली न.पा. रामपुर खिम्ती  सिन्धुली  माईस्थान महोत्तरी  ओखलढुङ्गा सिद्धिचरण रामपुर जस्तापाता वितरण गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।