पत्रकार केसीलाई पितृशोकको दुईसातापछि मातृशोक

पत्रकार केसीलाई पितृशोकको दुईसातापछि मातृशोक

काठमाडौँ, २९ असार । दुई साताअघि पितृशोक खेपेका प्रेस चौतारी नेपालका उपाध्यक्ष उपेन्द्र केसीलाई आज मातृशोक परेको छ ।

10460203_746379488756035_8507575440484884387_n

उहाँका आमा ६८ वर्षीया इन्द्रमाया खत्रीको निमोनिया सङ्क्रमणका कारण उपचारका क्रममा आज बिहान छाउनीस्थित अस्पतालमा निधन भएको हो । उहाँको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने चौतारीका सचिव रामकुमार एलनले जानकारी दिनुभयो ।

केसीका पिता इन्द्रबहादुर खत्रीको ६९ वर्षको उमेरमा यही असार १० गते हृदयाघातका कारण भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा निधन भएको थियो । खत्रीका दुई छोरा दुई छोरी छन् ।

तपाइँको प्रतिक्रिया ।