नेकपा एमालेले प्रदेश अधिवेशन प्रतिनिधि छनोटको मापदण्ड तोक्यो

नेकपा एमालेले प्रदेश अधिवेशन प्रतिनिधि छनोटको मापदण्ड तोक्यो

कपन अनलाइन
काठमाडौं, साउन २६ ।

नेकपा एमाले लुम्विनी प्रदेश कमिटीले आगामी भदौमा हुने प्रदेश अधिवेशनका लागि प्रतिनिधी छनौट मापदण्ड तोकेको छ।

साउन २५ गते लमहीमा सम्पन्न आयोजक समितिको बैठकले आगामी भदौ १६ र १७ गते बुटवलमा आयोजना हुन लागेको प्रथम प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधीहरुको मापदण्ड निर्धारण गरेको हो  ।

सो  अधिवेशनमा सहभागीताका लागि १ सय सदस्य वरावर १ जना प्रतिनिधी चयन हुने ब्यवस्था गरेको छ ।
खुल्लातर्फ १ सय जना सदस्य बराबर १ जना, दलिततर्फ ७५ जना बरावर १ जना र छनौट भएका प्रतिनिधिमध्ये एक तिहाई महिला अनिवार्य हुनुपर्ने ब्यवस्था गरेको छ ।

लुम्विनी प्रदेशका सम्पुर्ण पालिका र ईलाकालाई आधार मानेर भदौ ९ गते एकैदिन महाधिवेशन प्रतिनिधी छनौट गरिने छ ।

तपाइँको प्रतिक्रिया ।