अन्तत साततलेमा डोजर चल्यो ,काठमाण्डौ र बुढानिलकण्ठ विच सहमति ,के छ सहमतिमा ?

अन्तत साततलेमा डोजर चल्यो ,काठमाण्डौ र बुढानिलकण्ठ विच सहमति ,के छ सहमतिमा ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २६ ।

काठमाण्डौ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका विच सहमति भए संगै साततलेमा डोजर चलेको छ । काठमाण्डौ महानगरपालिका वडा नं ६ र ७ तथा बुढानिलकण्ठ नगरपालिका वडा नं १० र १२ का वडा अध्यक्षहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन ।

साततले चोक देखि  माथि बुढानिलकण्ठ १० र काठमाण्डौ महानगरपालिका वडा नं ६ का दुवै तर्फ जग्गा धनि पुर्जा अनुसार जग्गा छुट्टाएर  बाँकी जग्गालाई  खहरे कायम गर्ने  गरी भएको सहमतिमा धोवीखोला कोरिडोर ,साततले , सामन्त टोल जाने बाटो र पाथीभरा बस्तीमा सवारी आवागमन हुने गरी व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

सो सहमति पत्रमा काठमाण्डौ महानगरपालिका वडा नं ६ का अध्यक्ष भुवन लामा ,वडा नं ७ का अध्यक्ष बिमल होडा ,बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई र वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले हस्ताक्षर गरेका छन ।

यस्तो छ सहमति :

 

तपाइँको प्रतिक्रिया ।