साततलेमा आज देखि डोजर चल्ने सम्भावना, खोला क्षेत्र नाप जाँच शुरु

साततलेमा आज देखि डोजर चल्ने सम्भावना, खोला क्षेत्र नाप जाँच शुरु

कपन अनलाइन
काठमाडौं, साउन २६ ।

काठमाण्डौ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सिमानामा रहेको खोला क्षेत्र आजबाट खोल्न शुरु गरिने भएको छ।

गोरखापत्र दैनिकमा प्रकासित भएको समाचारका अनुसार काठमाण्डौ महानगरपालिकाले आजबाट  ज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गर्ने भएको हो।

काठमाडौं महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवन लामाले शुक्रबारदेखि यज्ञमती र चखुँचा खोलालाई पुरानै स्वरूपमा फर्काउने र खोला कायम गर्ने काम थालिने बताएका छन।

कपन अनलाइन संगको कुराकानीमा अध्यक्षलामाले आज नै काठमाण्डौ महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका प्रमुखले नापी विभाग संग पनि छलफल गर्ने र खोला क्षेत्र देखिएको स्थानमा खोल्न शुरु गर्ने बताएका छन।

‘प्रमुखहरूको छलफलमा सीमाङ्कन, रेखाङ्कन र नापजाँच गर्ने सहमति भएको छ। तीन वटा नक्सामध्ये दुई वटामा खोला देखिन्छ’, उनले भने, ‘हालसाबिकको नक्सामा खोला नदेखिएकाले यस विषयमा नापी कार्यालयसँग पनि आवश्यक परामर्श गरिने छ।’

सम्भवत आज १० बजे बाट खोला क्षेत्र खोल्न शुरु गरिने जानकारी दिदै अध्यक्ष लामाले यज्ञमती र चखुँचा खोलालाई पुरानै स्वरूपमा फर्काउने र खोला कायम गर्ने काम थालिने बताएका छन।

यज्ञमती र चखुँचा खोला क्षेत्रमा काठमाण्डौ महानगरपालिकाका वडा नं  ६ र ७ तथा बुढानिलकण्ठ नगरपालिकाका वडा नं १० ,११ र १२ पर्छन।

 

 

तपाइँको प्रतिक्रिया ।