दुई परकम्प

काठमाडौैँ, २८ असार । आज अपराह्नपछि ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्र लैनचौरको वेबसाइटमा जनाइएअनुसार अपराह्न ४ बजे १ मिनेट जाँदा रसुवाको धुन्चे आसपास केन्द्रबिन्दु भएको चार रिक्टर स्केल र साँझ ५ बजेर ३९ मिनेट जाँदा दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएका छन् ।

‘गोरखा भूकम्प’पछि आजसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ३५४ परकम्प गएको छ ।

तपाइँको प्रतिक्रिया ।