बौद्धमा मौलिक जात्राको रुपमा मनाईने रोपाई जात्रालाइ व्यवस्थित रुपमा मनाउन छलफल शुरु

बौद्धमा मौलिक जात्राको रुपमा मनाईने रोपाई जात्रालाइ व्यवस्थित रुपमा मनाउन छलफल शुरु

कपन अनलाइन

काठमाडौँ, साउन १३। काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्धमा परम्परागत रुपमा मनाइदै आएको गाइजात्रा, रोपाइँ जात्रालाइ व्यवस्थित रुपमा मनाउन छलफल गरिएको छ । शनिबार आज श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा भएको उक्त छलफल कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष राजकुमार लामाले गरेका थिए उक्त  छलफलमा काठमाडौँ महानगरपालिका वडा नं  ६का वडा अध्यक्ष भुवन लामा , श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ति माया तामाङ, क्षेत्र विकास समितिको सदस्यहरु  पशुपतिनाथ (श्याम) खतिवडा जानुका भण्डारी श्रेष्ठ, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, बिभिन्न संघ संस्थाका पदाधिकारी ,प्रहरी प्रतिनिधी, ट्राफिक प्रहरी प्रतिनिधि लगायतको उपस्थिति रहेको  थियो ।

प्रत्येक बर्ष बौद्धमा श्री बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुदै आएको उक्त रोपाइँ जात्रालाइ यस पटक भने   श्री बौद्धनाथ क्षेत्र विकास समिति र काठमाडौं महानगरपालिका वडा नं ६ ले संयुक्त रुपमा मनाउने  भएको छ ।  भने बिगतमा  मनाइदै आएको तर हाल लोप हुदै गएको घुनाइ  नाचलाइ पनि यस पटक नचाइने भएको छ । महिलाहरु पुरुषको भेषमा नाचिने उक्त घुनाइ  नाचलाइ यस पटक प्रदर्शन गर्न लागिएको र त्यसको समेत तयारी थालिएको क्षेत्र विकास समितिले जानकारी गराएको छ ।

बैठकमा जात्रालाइ ब्वास्थित गरि मनाउनको लागि मूल समारोह समिति गठन गर्ने, त्यसै गरि स्वयम् सेवक परिचालन ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा लगायतको  बिषयमा समेत छलफल गरिएको क्षेत्र विकास समितिले जानकारी गराएको छ ।  छलफलमा बोल्दै काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष भुवनलामाले यस पटक उक्त जात्रा संयुक्त रुपमा आयोजना गर्ने र त्यसको लागि महानगरपालिकाले बजेट समेत बिनियोजन गरेको जानकारी गराएका थिए । उनले उक्त जात्रालाई व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक समेत रहेको बताएका थिए ।

छलफलमा बोल्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले यसपटकको रोपाइँ जात्रालाई व्यवस्थित रुपमा मनाउनको लागि सबैको सहयोग आवश्यक रहेको बताएका  थिए । उनले रोपाइँ जात्रा आउन अझै एक महिना बाँकी रहेको  भए पनि तयारी स्वरूप बिभिन्न चरणमा छलफल गर्दै जाने योजना रहेको समेत बताए ।  उनले बौद्धको रोपाइँ जात्रा  धार्मिक, सांस्कृतिक एकताको अनुपम नमुना भएको बताउदै  सो जात्राले विश्व संम्पदा सूचीमा रहेको उक्त  क्षेत्रको  पर्यटन प्रवर्धनमा सहयोग पुर्याउदै आएको पनि बताए।  उनले बिगतमा भएका कमि कमजोरीहरुलाई  सुधार गर्दै जाने समेत बताएका थिए ।

मौलिक जात्राको रुपमा मनाईने रोपाई जात्रामा धान रोप्नेदेखी लिएर रमाईलो गर्ने सम्मका कार्य गरिन्छ । झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुग्ने   गर्दछन । बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् । प्रत्येक वर्षको गाईजात्राको भोलिपल्ट मनाइने यस पर्वमा  धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले यो तान्त्रिक, धार्मिक, सांस्कृतिक महत्त्वको जात्रा बनेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।