जीवन तारा एकेडेमी गोकर्णेश्वर -९ ले एस.इ.इ उत्तीर्ण बिद्यार्थीलाइ गर्यो सम्मान

जीवन तारा एकेडेमी गोकर्णेश्वर -९ ले  एस.इ.इ  उत्तीर्ण बिद्यार्थीलाइ गर्यो  सम्मान

कपन अनलाइन

काठमाडौं साउन १४ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर   ९ आरुबारीमा संचालित  जीवनतारा एकेडेमीले एस.इ.इ २०७९ मा विध्यालयबाट सहभागी भई उत्कृष्टता हासील गर्ने बिध्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रमसम्पन्न गरेको छ  ।  आरुबारी ब्यान्केटमा विद्यालयका प्रधानाध्यापक अम्बर बहादुर गिरीको अध्यक्षता तथा  गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिका माझ आफ्ना अभिभावकको  साथमा विद्यालयबाट एस.इ.इ दिने ३१ विद्यार्थी सम्मानित भएका थिए।

विभिन्न्न संघ संस्थाका पदाधिकारीहरु, विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका तथा कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम विद्यालयका शिक्षक तथा एकेडेमीक ईन्चार्ज सुरेस निरौलाले सञ्चालन गरेका थिए उक्त कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्य तथा सहप्रधानाध्यापक नवराज सापकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै राष्ट्रिय संस्थागत विद्यालय संघ नेपालका अध्यक्ष सौर्यनाथ आचार्यले जीवनताराले विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृध्दि गर्न तथा व्यवहारिक शिक्षा प्रदान गर्न खेलेको भूभिकाको साथमा विद्यालयले विभिन्न विषयमा जिल्लाकै सर्वोउत्कृष्ट नतिजा प्राप्त गरेको मुक्तकण्ठले प्रशंसा गरेका थिए । कार्यक्रममा शिक्षकका तर्फबाट उत्तरहाङ तुम्बाहाम्फेले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्दै बिशेष  अतिथि वडा अध्यक्ष राजिव थापाले जीवनतारा विद्यालयले साच्चै नै विद्यार्थीहरुलाई व्यवहारिक तथा समयसापेक्ष शिक्षा प्रदान गरिरहेको कुरा बताउदै विद्यार्थीले विद्यालयका परीक्षामा मात्र नभएर जीवनका हरेक परीक्षामा सफल हुन सक्ने क्षमता र सीपको विकास गर्न सुझाव दिएका थिए । वडाध्यक्ष थापाले भविष्यमा आउने हरेक किसिमका समस्यामा विद्यार्थीको हितका लागि वडाले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिपक कुमार रिसालले जीवनतारा एकेडेमी यस क्षेत्र कै उत्कृष्ट विद्यालय भएको र काठमाडौं जिल्ला भरिका संस्थागत विद्यालयमध्ये ओैँसत जि.पि.एका आधारमा १५ ओैँ स्थानमा पर्न सफल भएकोमा विद्यालयलाई वधाइ तथ शुभकामना दिदै  आगामी दिनमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गरेका  थिए ।

उनले  विद्यार्थीहरुलाई आफ्नै देशलाई माया गरी देशमा नै केही गर्ने अठोट लिई व्यवहारीक शिक्षा लिएर पढ्न  सुझाब दिएका थिए । कार्यक्रममा सम्मानित विद्यार्थीको तर्फबाट बोल्दै सपना तामाङले विद्यालयमा आफूहरुले पाएको वातावरण नै पहिलो प्रेरणा भएको र शिक्षक शिक्षिकाको प्रोत्साहन नै आफ्नो सफलताको कारक बनेको बताउदै आफूहरुको मनमा विद्यालय रहिरहने उल्लेख गरिन्।

अध्यक्षताको आसन वाट बोल्दै  विद्यालयका प्रधानाध्यापक अम्बरबहादुर गिरीले सबैलाई धन्यवाद  दिएका थिए ।  उनले विद्यार्थीहरुलाई सदैव आफ्नो लक्ष्यप्रति अडिग रहन सुझाव दिँदै अभिभावकहरुले विद्यालयप्रति गरेको विश्वास कहिल्यै खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । दशौँ बर्षदेखि माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्दै समाजमा आफ्नो छुट्टै पहिचान बनाएको  जीवनतारा विद्यालयमा विगत केही वर्षदेखि कक्षा १२ सम्मको पढाइ हुँदै आएको छ।

तपाइँको प्रतिक्रिया ।