विद्यार्थीको खाजा खर्च राहत कोषमा

विद्यार्थीको खाजा खर्च राहत कोषमा

२७ असार । यहाँका विद्यार्थीले आफूले खाने दैनिक खाजा खर्च जोगाएर भूकम्पपीडितका लागि सहयोग गरेका छन् ।

हरिचौर स्रोत केन्द्रभित्रका विद्यार्थीबाट सङ्कलित रु ४० हजार ८१५ जिल्ला प्रकोप व्यवस्थापन कोषमा शुक्रबार जम्मा गरिएको हो । स्रोत केन्द्रभित्रका १५ विद्यालयमा पढ्ने विद्यार्थीले खाजा खर्चबापतको रकम राहतका लागि उठाएको स्रोतव्यक्ति दिनेश पन्तले बताउनुभयो । केही अभिभावक र शिक्षकले समेत रकम सहयोग गरेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।