बुझ्नु पर्ने कुरा : इन्दिरा चापागाईँ (लघुकथा)

बुझ्नु पर्ने कुरा : इन्दिरा चापागाईँ (लघुकथा)

 कपन अनलाइन

काठमाण्डौ ,साउन ८ ।

‘ए माइली वधु ! किन रिसायार उता फर्क्यौ ? कुवामा पानी भर्दै गरेकी एक नारीलाई उनले भने ।

‘मलाइ हजुरको सोच मन पर्दैन, किन बोलन्या ?’
‘मेरा गुण चाहिँ बिर्सेऊ ? मैले नेपालको एकीकरणमा ठुलो योगदान ग¥याको छु । राम्रो कुरा पो सम्झिनु पर्छ ।’
‘नेपालको एकिकरण त पृथ्वीनारायणले पो ग¥याका हुन्, झुक्याउँन खोज्न्याँ बाजे ?’
‘पृथ्वीनारायणले बाइसे चौबिसे राज्यलाई एक बनाइकन भौगोलिक एकिकरण ग¥या मैले नेपालीमा रामायण लेखिकन भाषिक एकिकरण ग¥याको छु ।’
‘जे भया पनि  स्वास्नी मान्छेलाइ नराम्रो भन्नु भयाको मकन मन पर्दैन । दोषी चाहिँ स्वास्नीमान्छे मात्र हुन्छन् र ‘वधुशिक्षा’ लेख्नुभयाको? ‘वरशिक्षा’ किन लेख्नु भयान त ? लोग्नेमान्छे सबै गुणी र असल
हुन्छन् ?’ माइली वधुले सोधिन् ।
‘भाषा साहित्यको सेवा यथासक्य गर् याको छु । तेसबेलाको देश, काल र परिस्थिति बुझ्न्या कोसिस गर । मकन दोष नदेऊ वधु !’ घाँसीकुवालाई नमन गर्दै उनी बाटो लागे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।