बुढानिलकण्ठका प्राविधिक माथि “कहर”, हटाउने निर्णयले कर्मचारीहरुमा खैलाबैला

बुढानिलकण्ठका प्राविधिक माथि “कहर”, हटाउने निर्णयले कर्मचारीहरुमा खैलाबैला

कपन अनलाइन

काठमाण्डौ ,असार २९।

बुढानिलकण्ठ नगरपालिकाको प्राविधिक शाखामा केहि दिन देखि निकै ठुलो हलचल मच्चिएको छ। नगर कार्यपालिकाको बैठकले प्राविधिक शाखा कर्मचारीहरुको करार सम्झौता नथप्ने निर्णय गरे संगै इन्जिनियर र सब इन्जिनियरहरु तनावमा परेका छन।

नगरपालिकामा सबैभन्दा धेरै काम हुने र नगरवासी संग प्रत्यक्ष सम्पर्क हुने प्राविधिक शाखालाई मात्र लक्षित गरेर कर्मचारीहरुको करार थप नगर्ने निर्णय कार्यपालिकाको बैठकले गरे संगै गाविस कालिन समयदेखी काम गरिरहेका सहित दर्जनौ कर्मचारीहरु निकै अन्यौल र असमन्जस्यमा परेका छन।

असार २४ गते बसेको कार्यपालिका बैठकको निर्णयमा भनिएको छ ,”नगरपालिकामा करारमा रहेका (इन्जिनियर ,सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर) म्याद नथपी स्वीकृत दरवन्दीमा स्थायी पदपूर्तिका लागि प्रदेस लोक सेवा आयोगलाई अनुरोध गर्ने। स्थायी पदपूर्ति भइ नआएसम्मका लागि सार्वजनिक रुपमा बिज्ञापन आव्हान गरी सेवा प्रवेस गर्न इच्छुक र योग्य उम्मेदवारलाई खुल्ला प्रतिस्पर्धात्मक परिक्षा द्वारा करारमा नियुक्ति गर्ने। ”

नगर कार्यपालिकाको सो निर्णयमा भैरहेका प्राविधिक कर्मचारी हटाएर पुन: करार मै नियुक्ति गर्ने प्रावधान उल्लेख गरिए संगै यसले विभिन्न अनुमान र शंका उत्पन्न गरेको एक प्राविधिकले बताएका छन। हाल सेवामा रहेका कर्मचारीहरुलाई आफ्नो भनाइ समेत राख्ने अवसर नदिइ एकाएक भएको निर्णयले निरुत्साहित बनाएको बताउदै उनले पुन: हुने पारिक्षामा अहिलेका प्राविधिक नै अब्बल भए भने के गर्ने ? भन्ने प्रश्न समेत गरेका छन।

कतिपय शाखामा रहेका कर्मचारीहरु झिंगा धापाएर बसिरहेको अवस्थामा सबैभन्दा धेरै कामको चाप हुने प्राविधिक शाखालाई मात्र निशाना बनाएर गरिएको निर्णयले नगरपालिकामा ठुलै तरंग पैदा गरेको छ।

नगर कार्यपालिकाको यो निर्णयलाई कतिपयले  प्राविधिक शाखा अन्तर्गत  जग्गा विकास समितीले गुपचुप रुपमा निर्णय गर्न  आनाकानी गर्दाको परिणाम भनेका छन भने कतिपयले नगर प्रमुख मिठाराम अधिकारीले असफल बनाउने प्रयासका रुपमा पनि टिप्पणी गरेका छन।

त्यति मात्र हैन पछिल्लो समय केहि कार्यपालिका सदस्यहरुको स्वार्थ बाझिएको भन्दै प्राविधिक शाखाले विभिन्न योजनाहरुको सिफारिस र बिल भर्पाइमा प्रश्न गर्दाको परिणाम हालको निर्णय भएको नाम उल्लेख नगर्ने शर्तमा एक प्राविधिकले बताएका छन।

एउटा शाखा मात्रलाई लक्षित गर्दै भएको नगर कार्यपालिकाको निर्णयका वारेमा बुढानिलकण्ठको कर्मचारी संघले भने हाल सम्म कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन। सो निर्णय पछी नगरपालिकामा पटक पटक प्राविधिक र जनप्रतिनिधि विच छलफल भए पनि ठोस निस्कर्षमा नपुगेको एक कर्मचारी बताउछन।

पुन : करार मै नियुक्ति गर्नुपर्ने भए किन पदमुक्त गर्ने ?  

नगर कार्यपालिकले गरेको “नगरपालिकामा करारमा रहेका (इन्जिनियर ,सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर) म्याद नथपी स्वीकृत दरवन्दीमा स्थायी पदपूर्तिका लागि प्रदेस लोक सेवा आयोगलाई अनुरोध गर्ने। स्थायी पदपूर्ति भइ नआएसम्मका लागि सार्वजनिक रुपमा बिज्ञापन आव्हान गरी सेवा प्रवेस गर्न इच्छुक र योग्य उम्मेदवारलाई खुल्ला प्रतिस्पर्धात्मक परिक्षा द्वारा करारमा नियुक्ति गर्ने। ” यो निर्णयले धेरै प्रश्न जन्माएको नेपाली कांग्रेसका एक नेताले बताएका छन।

नगरपालिकाको यो निर्णयको सारमा हेर्दा पहिलेका हटाएर अहिलेका (आफ्ना ) ल्याउने प्रपन्च जस्तो देखिने बताउदै उनले यसले जग्गा विकास ,नक्शा पास , प्राविधिक मुल्यांकन ,योजना संचालन र बिल भरपाई फर्च्यौट जस्ता विषयमा व्यापक अस्वस्थ चलखेल हुनसक्ने अनुमान समेत गरेका छन।

यस विषयमा नगरपालिकाका स्थानीय नेताहरुले पनि सामाजिक संजालमा आफ्ना टिप्पणीहरु ब्यक्त गरेका छन । यस विषयमा नेपाली कांग्रेस बुढानिलकण्ठका सचिव बिजेन्द्र श्रेष्ठ लेख्छन “प्राविधिक भनेका कुनै पनि कार्यालयका मेरुदण्ड हुन्। बूढानीलकण्ठ नगरपालिकामा प्राविधिक भनेको तेस्रो दर्जाको कर्मचारी हो? या करारका कर्मचारी भनेका प्राविधिक मात्रै हो? प्राविधिक कर्मचारीहरुको मात्र करार थप नगर्ने बूढानीलकण्ठ नगरपालिकाको पक्षपाती निर्णयको घोर भर्सना गर्दछु।”

त्यस्तै यसै विषयमा नेकपा एकीकृत समाजवादी काठमाण्डौ क्षेत्र नं ४ का सचिव पुरुषोत्तम नेपालले लेखेका छन ,”बुढानीलकण्ठ नगरपालिकाले करारका प्राविधिकहरुको करार अवधि नथप्ने निर्णय गरेको सूचना आयो ।यसका कारणहरु के के होलान् ?१) करारका प्राविधिकहरुको कार्यसम्पादन निराशाजनक भएर२) करारका प्राविधिकहरु अत्यधिक भएर३) करारका प्राविधिकहरु फालाफाल (जतिपनि पाइने) भएर४) करारका प्राविधिकहरुमा धेरै सत्तापक्षीय नभएर५) अन्य केही ???

 

तपाइँको प्रतिक्रिया ।