राहत शिक्षक शंखरापुर नगरसमिती गठन, अध्यक्षमा मुना अधिकारी

राहत शिक्षक शंखरापुर नगरसमिती गठन, अध्यक्षमा मुना अधिकारी

कपन अनलाइन
काठमाडौं,  असार २७ ।

नेपाल राहत शिक्षक शंखरापुर नगर समिति गठन भएको छ। नेपाल राहत शिक्षक जिल्ला समिति काठमाडौंका अध्यक्ष सबिन पन्त ‘पृथक’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको नगर अधिवेशनबाट समितिको पूनर्गठन गरिएको हो।

साँखुस्थित भाग्योदय माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित नगर अधिवेशनले पूर्व उपाध्यक्ष मुना अधिकारीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा राजु ढकाल, सचीवमा ठाकुरदत्त दङ्गाल, कोषाध्यक्षमा भिमबहादुर तामाङ, सहसचिवमा जानुका कार्की चयन भएका छन् भने सदस्यहरुमा भिमसेन आचार्य, कालिका तामाङ र नितासा श्रेष्ठलाई चयन गरिएको छ। बाँकी २ जना सदस्य साउन १३ गते शनिवार आयोजना हुने नगर सम्मेलनबाट चयन गरि अनुमोदन गरिने अध्यक्ष मुना अधिकारीले बताइन्।

कार्यक्रममा काठमाडौं जिल्ला सचीव राजिब भट्टराई, जिल्ला सदस्य मेनुका पाण्डे, जीना श्रेष्ठ, ज्ञानबहादुर तामाङ, बागमती प्रदेश सदस्य दिपेन्द्र जोशीलगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।