६५ मुख्य बुँदामा बुढानिलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम
कपन अनलाइन
काठमाण्डौ ,असार २०।
आ.व २०८०/८१ को लागि अनुमानित २ अर्ब ८८करोड १३ लाखको बजेट पारित गर्दै बुढानीलकण्ठ नगरपालिकाकाे १२ औं नगर सभा असार २० गते सम्पन्न भएकाे छ । नगर प्रमुख मिठाराम अधिकारीले असार ७ गते बाट सुरु भएको नगर सभाको अधिवेशन सम्पन्न भएको घोषणा गरेका छन ।
नीति तथा कार्यक्रमहरुको संक्षिप्त विवरण
१. २०८०/०८१ शैक्षिक उन्नयनको वर्ष घोषणा ।
२. २०८१/०८२ उद्योग तथा पर्यटन वर्ष घोषणा ।
३. कक्षा ६ देखिका विद्यार्थीहरुलाई सिप तथा उद्यमशीलतासँग जोडिने गरि विद्यालय ब्राण्डिंगका कार्यक्रम आरम्भ
४. सामुदायिक विद्यालयका प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त, शिक्षकहरुको शिक्षणस्तरको परीक्षण ।
५. सबै विद्यालय वर्गीकरण गरिने र प्राप्ताङ्कको आधारमा सुविधा र सुधारका कार्यक्रम गरिने
६. सबै विद्यालयमा स्काउट, सबै विद्यालय बहुभाषामैत्री
७. नीजि, सामुदायिक विद्यालयबिच साझेदारी कार्यक्रम
८. कोही पनि विद्यालय जान नपाउने, नसक्ने अवस्था आउन नदिने
९. गर्भवती आमालाई निःशुल्क गर्भपरीक्षण सहितको स्वास्थ्य सुलभता
१०. नगरपालिकाको प्रसूती केन्द्रमा प्रसूती भएकालाई न्यानो प्रसूती झोला र रू. ३०००/- प्रसूती पोषण भत्ता (निरन्तरता)
११. ३० वर्ष माथिकालाई स्वास्थ्य पूर्व परीक्षण (Preventive Care)
१२. ५५ वर्ष माथिकालाई सुगर, प्रेसर निःशुल्क जाँच तथा निःशुल्क औषधी वितरण
१३. ७५ वर्ष माथिकालाई निःशुल्क निमोकोकल भ्याक्सिन (निमोनिया, दमका विरुद्ध)
१४. स्वास्थ्यसँग खेलकूद, योगा, ध्यान, व्यायाम जोडी मानसिक सबलीकरण कार्यक्रम
१५. नागरिकहरुको स्वास्थ्य प्रोफाइल निर्माण
१६. यौन हिंसा पीडित महिला तथा नाबालिगलाई सुरक्षित र स्वास्थ्य, आवास सहितको आत्मनिर्भर केन्द्रकोे सञ्चालन
१७. दलित, उत्पीडित वर्ग, विपन्न, एकल, अपांगता, बेसाहारा, द्वन्द्व पीडित, यौनिक अल्पसंख्यकहरुका लागि विशेष उद्यमशीलता तथा विशेष प्याकेजको कार्यक्रम
१८. एकल महिला सुरक्षा कोष व्यवस्थापन
१९. स्थानीय तथा रैथाने उत्पादनलाई प्रश्रय एवं अपाङ्गता, हिंसा पीडित, कुष्ठरोग तथा अटिज्म/एच आई भि प्रभावित, एसिड पिडीतहरूद्वारा उत्पादित वस्तुलाई प्राथमिकता
२०. अपाङ्गता मैत्री, बालबालिका मैत्री, ज्येष्ठनागरिक मैत्री, लैङ्गिक मैत्री कार्यक्रम तथा पूर्वाधारहरुमा विशेष प्राथमिकता
२१. ज्येष्ठ नागरिक सेवा केन्द्रको व्यवस्थित सञ्चालन
२२. सहयोगापेक्षी सडक मानव मुक्त नगरपालिका घोषणा कार्यक्रम
२३. अटिज्म केयर सेन्टरको स्थापना
२४. सांस्कृतिक प्रतिष्ठानको गठन
२५. राष्ट्रिय, अन्तराष्ट्रिय कला, साहित्य सांस्कृतिक सम्मेलन तथा महोत्सव, मातृभाषा सिकाई एवं गोष्ठी तथा रैथाने मेलाको आयोजना
२६. ‘प्रतिभा बुढानीलकण्ठ’ खुल्ला प्रतियोगितात्मक कार्यक्रम सञ्चालन
२७. बुढानीलकण्ठ क्षेत्र विकास समिति गठन
२८.बौद्धिक सम्पत्तिहरुको संरक्षण, सम्मान र योगदानमा अवसर
२९. परम्परागत संस्कृति झल्कने फल्चा, पोखरी, डबली, ढुँगेधारा, चौतारा, खुल्ला आश्रयस्थलहरु, ओपन थिएटर र खुल्ला संग्रहालयहरु स्थापनामा प्रश्रय
३०. बुढानीलकण्ठ नगर, हरियाली शहर अभियान सञ्चालन
३१. नगरस्तरीय डिजास्टर अपरेसन सेन्टर स्थापना
३२. एकीकृत खानेपानी बोर्ड गठन
३३. खानेपानी रिचार्ज प्रणाली स्थापनामा अनुदान
३४. सार्वजनिक जमिन तथा प्राकृतिक संरचनालाई क्षति गर्नेलाई कारवाही, संरक्षण गर्नेलाई प्रोत्साहन
३५. नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा महाशाखा प्रमुखहरुबिच कार्यसम्पादन सम्झौता
३६. सबै वडा कार्यालयमा हेल्प डेस्कको स्थापना
३७. नियमित रुपमा सार्वजनिक सुनुवाई
३८. नगरपालिकाको सबै सेवा प्रविधिमैत्री
३९.उद्यमशीलता, खेलकूद, सृजनात्मक कार्य, नवप्रवर्तनात्मक कार्यमा युवाहरुलाई प्रोत्साहन
४०. नगर स्काउट, नगर युवा परिषद् र नगर प्रहरी विपद् तथा सहजीकरणका स्वयंसेवक
४१. बुढानीलकण्ठ नगर शिल्ड खेलकूदको आयोजना
४२. करदाताको वर्गीकरण गरि उत्कृष्ट र इमान्दार करदातालाई प्रोत्साहन, सम्मान
४३. नगरपालिकामा सूचिकृत श्रमिकहरुलाई आवश्यकतानुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रममा जोडिने
४४. नगरपालिकाभित्रका श्रम तथा सिप नगरपालिकाभित्रै खपत् नीति
४५. विशिष्ट सिप तथा कलायुक्त श्रमहरुको संरक्षण तथा हस्तान्तरण
४६. श्रम शोषण निषेध नीतिको अवलम्बन
४७. बहिरा (अपाङ्गता) सेवाको हकमा दोभाषे माध्यमको उपयोग
४८. कृषि बजार, कृषि भण्डारण केन्द्रको सञ्चालन
४९. कौसी तथा रैथाने खेतिलाई प्रोत्साहन
५०. एनिमल एम्बुलेन्स सहित छाडा पशु चौपायाको व्यवस्थापन
५१. नियमित सामुदायिक कुकुर बन्ध्याकरण अभियान सञ्चालन
५२. सिप सम्मेलन तथा कृषि तथा उत्पादन मेलाको आयोजना
५३. स्थानीय हाट बजारको प्रबन्ध
५४. खाना खेर नफालौं, दुइ छाक भरपेट खान पाउन् सहित खाद्य सुरक्षा अभियान सञ्चालन
५५. आत्मनिर्भरताका लागि बुढानीलकण्ठ उद्यमशीलता कार्यक्रम सञ्चालन
५६. महिलाहरुको सिप विकास, नेतृत्व विकास, स्वरोजगार सृजनाका लागि व्यवस्थित तालिम घरको सञ्चालन
५७. सबै सहकारीहरुलाई नतिजामूलक बनाउन उत्पादन र रोजगारमा जोडिने
५८. शिवपुरी निकुञ्जभित्र चरा तथा पुतली पार्क घोषणा तथा शिवपुरी संग्रहालयको सञ्चालन
५९. बुढानीलकण्ठ मन्दिर र आसपास विशेष सरसफाई, सजावट, धार्मिक पर्यटनमैत्री बनाउने
६०. डाँडागाउँ, ठूलोगाउँ, चिसीनी, तौलुङ आदि क्षेत्रमा पर्यटकीय भिलेजको रुपमा इको टुरिज्म भिलेज सहित सांस्कृतिक संग्रहालय स्थापना
६१.पर्यटकीय स्थल र तिनको परिचय समेटीएको हातेपुस्तिका प्रकाशन एवं पथप्रदर्शक जनशक्तिको व्यवस्थापन
६२. ठाउँ ठाउँमा हस्तकला तथा घरेलु उत्पादनका सामग्रीहरुको प्रदर्शनीस्थल सहितको विक्री केन्द्र सञ्चालन
६३. सुविधासम्पन्न सभा सम्मेलन हल, तथा कभर्ड हलको निर्माण
६४. सबै नागरिक मैत्री तथा सुरक्षित सडकमा जोड
६५. सार्वजनिक सुविधा शौचालयहरु निर्माण ।