ओख्रेनी र मुलखर्कका विद्यार्थीहरुलाई गोकर्णेश्वर नगरपालिकाको महत्वपूर्ण सौगात …..
कपन अनलाइन
काठमाण्डौ ,असार २०।
काठमाण्डौ जिल्लामा रहेर पनि निकै दुर्गम गाउँ जस्तो यातायात र अन्य सेवाको समस्या भोग्दै आएका ओख्रेनी र मुलखर्कका विद्यार्थीहरुलाई गोकर्णेश्वर नगरपालिकाले निकै ठुलो सहयोग गर्ने घोषणा गरेको छ।
आव २०८०/८१ का लागि गोकर्णेश्वर नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वडा नं १ मा रहेका ओख्रेनी र मुलखर्कका विद्यार्थीहरुलाई निशुल्क यातायातको व्यवस्था गर्ने घोषणा गरिएको छ।
माध्यमिक र उच्च शिक्षा हाशिल गर्नका लागि घन्टौ हिडेर वा शहरी क्षेत्रमा कोठा भाडामा लिनुपर्ने बाध्यताबाट पिडित विद्यार्थीहरुले नगरपालिकाबाट निशुल्क यातायात सेवा प्राप्त गरे संगै निकै ठुलो राहत हुने स्थानीयहरुले बताएका छन ।
रास्ट्रीय निकुन्ज क्षेत्रमा रहेका ति स्थानहरुमा अहिले आधारभूत तह सम्म मात्र विद्यालय संचालनमा रहेका छन भने मावी र उच्च शिक्षा हाशिल गर्न सुन्दरीजल,गोकर्ण वा जोरपाटी लगायतका स्थानमा आउनु पर्ने बाध्यतामा विद्यार्थीहरु रहेका छन।
निकुन्ज क्षेत्रमा नियमित आवतजावतमा समस्या र यातायातको सेवा अनियमित र मौसमी हुँदा ति स्थानका स्थानीयहरु विस्थापित हुने क्रम बढिरहेको बेलामा नगरपालिकाको निर्णयले स्थानीयहरुलाई लाभान्वित गर्ने स्थानीयहरुको भनाइ रहेको छ ।