अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असार १९।

अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दाङ साविक उरहरी गाबिस-८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने ३१ वर्षीय नविन बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नविन बस्नेत समेतका प्रतिवादीहरूले पीडित महिलालाई २०६७ असार १५ गते राति दाङ तुलसीपुर नगरपालिका-५ नयाँ बसपार्कस्थित गेष्ट हाउसबाट अपहरण गरी दाङ तुलसीपुर नगरपालिका ५ र ९ को सिमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगि सामुहिक जबरजस्ती करणी गरेको अपहरण तथा जबरजस्ती करणी मुद्दामा घटनामा सर्वोच्च अदालतको २०७९ जेठ १० गतेको फैसलाले ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं काभ्रेस्थलीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।