नेपाल मेडिकल कलेज शिक्षण अस्पताल नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा शिवराम खुलाल
कपन अनलाइन
काठमाडौँ, असार १७ ।नेपाल मेडिकल कलेज प्रा.लि तथा शिक्षण अस्पताल नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार यूनियनको सभा हलमा आयोजित कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका केन्द्रिय अध्यक्ष उमेश गिरीको प्रमुख आथित्यतारहेको थियो ।अधिबेसनले शिवराम खुलालको अध्यक्षतामा १७ सदस्यीय पदाधिकारी चयन गरेको छ ।
युनियनको उपाध्यक्षमा प्रेम कुमार लामा उपाध्यक्ष महिला नन्द कुमारी राइ र सचिवमा मदन श्रेष्ठ चयन भएका छन भने सहसचिव संजय आचार्य, सहसचिव महिला सम्झना राइ र कोषाध्यक्षमा भगवती गिरि चयन भएका छन। त्यसैगरि सदस्यहरुमा त्रिलोचन ढकाल, अन्नपूर्ण दर्शनधारी ,विकल खत्री, मेनुका चालिसे, मथुरा खतिवडा गोमा तिमिल्सिना, मिरा दाहाल, इन्द्रकुमारी डंगोल, सोभा डंगोल र धुर्ब अधिकारी चयन भएका छन ।
तपाइँको प्रतिक्रिया ।