हाइली क्रिएटिभ स्कुलमा राष्ट्रिय सेवा दलको तालिम सम्पन्न

हाइली क्रिएटिभ स्कुलमा राष्ट्रिय सेवा दलको तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं असार १७  काठमाडौं समाजमा अनुशासनको खडेरी र मूल्य मान्यतामा ह्रास आइरहेका बेला नेपाली सेनाले भने ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ युवाशक्तिमा राष्ट्रिय भावना जागृत तुल्याउन भगीरथ प्रयास गरिरहेको छ ।

देश र जनताको सुरक्षामा अनवरत अग्रसर सेनाले राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन दायित्वबोधका माध्यमद्वारा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्ने कार्यमा सेवा दलद्वारा प्रदान गरिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। नेपाली सेनाको राष्ट्रिय सेवा दलको आयोजनामा भएको उक्त एन सि सि अभिमुखीकरण तालिम कार्यक्रम काँडाघारी स्थित हाइली क्रिएटिभ इङलिस सेकेन्डरी स्कुलमा सम्पन्न भएको हो।

विद्यार्थीहरुलाई राष्ट्रिय स्वभिमान,अनुशासन ,कर्तव्य निष्ठा र देश भक्तिवारे सिकाउन सेनाले अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ। कार्यक्रम नेपाली सेनाका सह(सेनानी हिरा बहादुर श्रेष्ठले संचालन गरेका थिए। उक्त तालिम विद्यालयमा ७९ दिन र बाहिर २१ दिन गरि जम्मा १०० दिन सम्म हुने छ। काठमाडौंबाट कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारीमा रहेको हाइलि क्रियटिभ स्कुल छनौट भएको हो। छनौट प्रक्रिया नेपाली सेनाबाट नै भएको थियोे ।

उक्त तालिम अवधिभर सम्पुर्ण मेडिकल परिक्षण नेपाली सेना अन्तर्गत संचालनमा रहेको छाउनी स्थित बिरेन्द्र सैनिक अस्पतालबाट हुने भएको छ। कार्यक्रममा स्कुलका सह(प्रधानाध्यापकद्वय हरिबोल ढकाल र महेश्वर चापागाईं विशेष अतिथिको रूपमा रहनु भएको थियोे । त्यस्तै विद्यालयका को(अर्डिनेटर हरिकृष्ण ढकाल भने अतिथिमा रहेका थिए। अभिमुखीकरण तालिम कार्यक्रममा विद्यार्थी र अभिभावक गरि २०० जना भन्दा बढिको उपस्थिति रहेको थियोे ।

नेपाली सेनाले संचालन गर्ने उक्त तालिमको लागि विद्यार्थीको न्युनतम योग्यता र उमेर समूह १४ देखि १६ वर्ष हुनुपर्ने तथा शारीरिक रूपमा पुर्ण स्वस्थ भएको हुनुपर्ने छ। विस २०२२ कात्तिक ७ गते स्थापना भएको सेवा दलले ५१ हजार ३३२ युवालाई अनुशासित, इमान्दार, जिम्मेवार तथा देशप्रति समर्पित सभ्य र सुसंस्कृत समाज निर्माणमा स्थापित गराउन जुनियर र सिनियर गरेर तालिम प्रदान गरिरहेको छ । युवालाई अनुशासित, मुलुक र मुलुकवासीप्रति बफादार बनाउने तथा राष्ट्रियता र राष्ट्रिय एकतालाई प्रवद्र्धन र नेतृत्व विकास गर्ने लक्ष्यका साथ सेवा दलको तालिम शुरु गरिएको हो ।

अतिरिक्त लक्ष्यमा नेपालमा मानवसिर्जित वा दैवी विपत्तिका बेला सङ्गठित भएर खोजी, उद्धार र राहत व्यवस्थापनमा सहयोग पुर्उयाउने  सेवा दलको उद्देश्य छ । प्रारम्भमा ५०० विद्यार्थीलाई तालिमको कोटा निर्धारण गरेको सेवा दलले अघिल्लो आवमा सात हजार ५०० लाई तालिम दियो । आगामी कार्यक्रममा जुनियर डिभिजनमा सात हजार ९५० र सिनियर डिभिजनमा तीन हजार ६०० छात्रछात्रालाई संस्थागत तालिम तथा सामूहिक वार्षिक क्याम्प सञ्चालन गर्ने योजना बनाइएको छ ।

हाल मुलुकका ७७ जिल्ला र २१३ विद्यालयमा कार्यक्रम विस्तार गरिसकेको सेवा दलले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा स्थापित भएर शैक्षिक क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल हाइली क्रिएटिभ इङलिस स्कुलले विद्यार्थीहरूलाई दक्ष र अनुभवी बनाउन बेला बेलामा विभिन्न कार्यक्रमहरू समेत गर्दै आएको छ। स्कुलले ज्ञान, सीप, योग्यता र क्षमताको अधिकतम उपयोग गरी सरोकारवाला निकायको सम्पर्कमा रही विद्यार्थीहरुलाई क्षमता अनुरुपको भूमिकामा संलग्न गराउँदै आएको हाइली क्रिएटिभ इङलिस स्कुलका सह प्रधानाध्यापक हरिबोल ढकालले बताएका छन् । सेवा दलका कार्यक्रमलाई सहज र स्पष्ट मार्गनिर्देशका साथ अघि बढाउन स्कुलले पूर्ण रुपमा सहयोग गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।