७औं उपत्यका ब्यापी सितोरियो कराते प्रतियोगितामा बौद्ध डोजो प्रथम

७औं उपत्यका ब्यापी सितोरियो कराते प्रतियोगितामा बौद्ध डोजो प्रथम

कपन अनलाइन

काठमाडौँ, असार १७ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलाडी भन्ने मूल नाराको साथमा  काठमाडौं महानगरपालिका  वडा नं ६मा  ७ औं उपत्यका ब्यापी सितोरियो कराते प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल सितोरियो कराते डोजो प्रथम शाखा डोजो बौद्धको आयोजना तथा श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा असार १५ र १६ गते  गरि दुइ दिन सम्म तीनचुले स्थित बौद्ध गार्डेन प्यालेसमा चलेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

 

 नेपाल कराते महासंघका महासचिब तथा सितेरियो करातेका अध्यक्ष दावा गुरुङको अध्यक्षतामा भएको उक्त प्रतियोगिता समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु, जानुका भण्डारी श्रेष्ठ, रग्वा शेर्पा, शैलेश श्रेष्ठ,  लगायत आयोजक संस्थाका पदाधिकारी, रेफ्री , खेलाडी र खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

७ औं उपत्यका ब्यापी सितोरियो कराते प्रतियोगितामा बौद्ध डोजो प्रथम भयो भने इचंगु डोजो दितीय  हुँदा शंखडोल डोजो तृतीय भयो ।त्यसैगरि प्रतियोगितामा फेयर टिम सानो गौचरण डोजो घोसित भयो भने  उत्कृष्ट पुरुष खेलाडी रोहित बिक, उत्कृष्ट खेलाडी महिला तर्फ अनुष्का वाइवा घोसित भइन । त्यसैगरि महिला तर्फ राइजिंङ प्लेयरको उपाधि पुर्णिमा  खत्री घोसित भइन भने पुरुष तर्फ राइजिंङ प्लेयरको उपाधि सोहन मगरले प्राप्त गरे ।

प्रतियोगितामा प्रथम, दितीय,तृतीय लगायत उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा,कराते महासंघका महासचिब तथा सितेरियो करातेका अध्यक्ष दावा गुरुङ लगायतले ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै  प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले आयोजकलाइ धन्यबाद दिएका थिए ।  क्षेत्र विकास समितिले खेलकुदलाइ प्राथमिकतामा राखेर  कार्यक्रम गर्दै आएको जानकारी दिएका थिए केहि समय अघि मात्र खेलकुदमा रुची राख्ने युवाहरुलाई लक्षित गर्दै श्री बौद्धनाथ क्षेत्र विकास कप फुटबल कार्यक्रम गरेको स्मरण गरेका  थिए ।

त्यसैगरि  बुद्द जयन्तिको अवसर पारेर काठमाडौं देखि शैलुङ सम्म  शान्ती दौड लगायतका कार्यक्रम  गरेको स्मरण गरेका थिए । उनले आगामी बर्ष पनि खेलकुदका कार्यक्रमलाइ निरन्तरता दिने बताउदै यस्ता प्रतियोगिता मार्फत बौद्धनाथ क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनमा थप टेवा  पुग्नुको  साथै खेलाडीहरुले आफु भित्र रहेका  प्रतिभा प्रष्फुटन गर्ने अवसर समेत प्राप्त गर्ने बताएका थिए । उनले बिजयी खेलाडीहरुलाई बधाई दिदै थप उत्कृष्ट प्रदर्शन गरि राष्ट्रको नाम राख्ने गरि खेल्न अनुरोध गरेका थिए ।

 कार्यक्रममा बोल्दै नेपाल  कराते महासंघका महासचिब तथा सितेरियो करातेका अध्यक्ष दावा गुरुङले  कार्यक्रम प्रयोजन गरेकोमा क्षेत्र विकास समितिलाई धन्यवाद दिएका थिए । उनले खेलाडीहरुलाई निरन्तर मेहेनत गरेमा सफल भइने बताउदै खेलकुदलाइ निरन्तरता दिन अनुरोध गरेका थिए । उनले चीनमा हुने एसियाली खेलकुदमा  नेपालले उत्कृष्ट प्रदर्शन गरि पदक जित्ने समेत विश्वास ब्यक्त गर्दै सहयोगी सबैलाई धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।