अपांङ पुनर्स्थापना केन्द्र नेपाल गोकर्णेश्वर ४ द्वारा सिलाइ मेसिन प्रदान
कपन अनलाइन
काठमाडौँ, असार १७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालित अपांङ पुनर्स्थापना केन्द्र नेपालले लुगा सिलाउने मेसिन सहितका सामग्री हस्तान्तरण गरेको छ ।स्विजरल्याण्डका जेक रेग तथा साथीहरुको सहयोगमा प्राप्त उक्त लुगा सिलाउने मेसिन तथा सामग्री शनिबार एक कार्यक्रमका बीच प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष जयराम महतले हस्तान्तरण गरेका हुन। अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल गोकर्णेश्वर ४ का अध्यक्ष उदय बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा भगवती युवा क्लबका अध्यक्ष अस्मिता कारंजित समाजसेवी अम्बिका निरौला लगायत स्थानीयको उपस्थिति रहेको थियो।
पानसमा दिप प्रज्वलन सहित उद्घाटन गरिएको उक्त कार्यक्रम संचालन संस्थाका सचिव रविराज रिमालले गरेका थिए। संस्थाका महासचिब छिरिंग शेर्पाले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा संस्थाको कोषाध्यक्ष अम्बिका भण्डारी हुमागाईले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन।
अपांङ पुनर्स्थापना केन्द्र नेपालले बिभिन्न चरणमा सिलाइ तालिम संचालन गर्दै आएको छ ।त्यसैलाई मध्यनजरगर्दै छ स्विजरल्याण्डका जेक रेग तथा साथीहरुको सहयोगमा प्राप्त ९ वटा लुगा सिलाउने मेसिन तथा सामग्री आवश्यक ब्यक्तिहरुलाई प्रदान गरिएको संस्थाले जानकारी गराएको छ। शिप सिकेका तर सामग्रीको अभाबमा व्यवसायीकरण तर्फ अघि बढ्न नसकेकाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले लुगा सिलाउने मेसिन प्रदान गरिएको पनि संस्थाले जानकारी गराएको छ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष जयराम महतले आयोजकलाइ धन्यवाद दिदै संस्थाले गरेको कामको प्रसंशा गरेका थिए। उनले सीप सिकेका मानिसहरु रहेपनि उद्यमसँग जोड्न नसकिरहेका बेला मेसिन बितरण कार्यक्रमले टेवा पुग्ने बिश्वास ब्यक्त गरेका थिए। उनले सहयोगी दाताहरुलाई धन्यवाद समेत दिएका थिए ।
अध्यक्षतामाको आसन बाट बोल्दै अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाल गोकर्णेश्वर ४ का अध्यक्ष उदय बहादुर लिम्बुले उपस्थित सबैलाई धन्यवाद दिदै प्राप्त सामग्रीको सहि सदुपयोग गरि आत्मनिर्भर बन्न प्रेरित गरेका थिए। उनले सहयोगी दाता स्विजरल्याण्डका जेक रेग तथा साथीहरुलाइ समेत धन्यवाद दिएका थिए ।