“भ्वाइस अफ स्याट -सिजन २” को अडिसन सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार १७ ।

“भ्वाइस अफ स्याट -सिजन २” को अडिसन सम्पन्न  भएको छ। स्कुल्स एलायन्स फर एकेडेमिक ट्रांस्फर्मेसन (SAAT) को आयोजनामा भैरहेको दोश्रो अडिसन असार १४ र १५ गते सम्पन्न भएको हो ।

हरेक विद्यालयका ३० विद्यार्थीहरुको सहभागितामा भएको अडिसनमा ग्रिन कार्ड प्राप्त गर्नेहरुको मेघा अडिसन भाद्र २१ र २२ गते हुनेछ भने टप २० राउण्ड मंगसिर २२ गते हुनेछ ।

सो अडिसनमा उत्कृस्ट तिनमा पर्नेले क्रमस १५.१० र ५ हजत नगद पुरस्कार प्राप्त गर्नेछन भने गीत रेकर्डिङ र कार्यक्रमहरुमा अवसर पनि प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

सो प्रतियोगिताको प्रथम सिजनमा १६ स्याट सदस्य विद्यालयका ६९५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए जसमा नेसनल अर्किड बोर्डिंग स्कुलका प्रिन्स परियारले उपाधि जितेका थिए ।

तपाइँको प्रतिक्रिया ।