धादिङमा विभिन्न घटनामा परी ३ जनाको मृत्यु

जेठ २० । मुग्लिनवाट काठमाण्डौका लागि छुटेको मालवाहक ट्रकको ठक्क्रवाट धादिङको चरौंदीमा एक वालिकको मृत्यु भएको छ । ना ३ ख ४०८८ नम्बरको ठक्करवाट आज बिहान ९ वजेतिर चितवन जिल्ला लोथर घर भएकी ११ बर्षिया वालिका बुद्धिमाया चेपाङलाई पृथ्वीराजमार्गमा पर्ने बेनिघाट गाविसको चरौंदीमा ट्रकले ठक्कर दिंदा वालिकाको मृत्यु भएको हो । ट्रकको ठक्करवाट वालिकाको ज्यान गएपछि आक्रोशित स्थानीय वासीले पृथ्वीराजमार्गको मलेखु मुग्लिन खण्डको चरौंदीमा अवरोध गरि दोषि चालक माथि कारवाही र मृत्तकका परिवारलाई उचित सहयोगको माग गरेका छन । ट्रक चालक फरार रहेको बताईएको छ ।
यस्तै
गए राती परेको चट्याङ लागेर धादिङमा २ जनाको मृत्यु भएको छ । धादिङको दक्षिणी भेगको महादेवस्थान गाविस वडा नम्वर ५ रावलडांडामा परेको चट्याङले २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २८ बर्षिय सन्तोष लामा मगर र नुवाकोट घर भएका १६ बर्षिय सोम लामा रहेका छन । सो घटनामा अन्य दुई जना गम्भिर घाइते भएका छन । घाइतेहरुको राजमार्ग सामुदायीक अस्पताल मलेखुमा उपचार भैरहेको छ । राती करीब १० वजे परेको चट्याङका कारण रावलडांडा गाउंको ३० घरमा बितरण गरिएको बिद्युत्त लाइनमा क्षति पुगेको छ भने स्थानीय घरहरुमा रहेका टेलिभिजन सेट , रेडियो र टेलिफोनका लाइनहरु समेत जलेर नष्ट भएको महादेवस्थान प्रहरी चौकीले जनाएको छ । एक महिना अघि पनि चट्याङमा परेर महादेवस्थान गाविसकै दुई जनाको मृत्यु भएको थियो । उता , रूपन्देहीमा पनि चट्याङ लागेर गएराति एक जनाको मृत्यु भएको छ भने दुई बालक घाइते भएका छन् । ठुलो हावाहुरी र पानीसँगै परेको चट्याङले लागेर लुम्बिनी मनहराकी ७० वर्षीय बन्डुली पासीको मृत्यु भएको हो । चट्याङमा परेर घाइते भएका मधुवनीका १५ वर्षीय सुक्राम यादव र १२ वर्षीय तीर्थ यादवको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।