राजधानीमा गुहेश्वरी गर्ल्स फुटबल कप प्रतियोगिता हुने

गुहेश्वरी फुटबल एसोसियसनको आयोजनामा जेठ २० गतेदेखि राजधानीमा गुहेश्वरी गर्ल्स फुटबल कप प्रतियोगिता हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको विशेष सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो। जेठ २६ गतेसम्म संचालन हुने प्रतियोगितामा उपत्यकाका आठ टिमको सहभागिता रहने छ। प्रतियोगिता लिग कम नक आउटको आधारमा खेलाइने आयोजकले बताएको छ। प्रथम हुने टिमले १५ हजार, दोस्रो हुने टिमले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

तपाइँको प्रतिक्रिया ।