जर्मनीले तीन अर्ब बीस करोड रुपैयाँ अनुदान दिने

जर्मनीले तीन अर्ब बीस करोड रुपैयाँ अनुदान दिने

काठमाडौँ, २३ असार । सङ्घीय गणतन्त्र जर्मनीले ग्रामीण क्षेत्रमा दिगो आर्थिक विकास, राष्ट्रिय स्वास्थ्य क्षेत्र कार्यक्रम र दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्याहार सुधार आयोजना कार्यान्वयन गर्न रु तीन अर्ब २० करोड अनुदान प्रदान गर्ने भएको छ ।

agreement-2
जर्मनी सरकारले नेपालका विभिन्न आयोजना कार्यान्वयनका लागि रु तीन अर्ब २० करोड (२९मिलियन युरो) वित्तीय अनुदान उपलब्ध गराउने सम्झौता हस्ताक्षरपछि सम्झौता पत्र आदानप्रदान गर्दै अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि जर्मनी राजदूत माथियस मेयर । तस्बिर ः रत्न श्रेष्ठ, रासस

अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि जर्मनीका राजदूत माथियस मायरले हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा राजदूत मायरले नेपाललाई राजनीतिक रुपमा मात्र नभई आर्थिक विकासका काममा पनि निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गर्दै सकारात्मक सोचका साथ अघि बढेमा लक्ष्य हासिल गर्न कठिनाइ नहुने बताउनुभयो ।

भूकम्पबाट उत्पन्न असहज परिस्थितिप्रति सहानुभूति व्यक्त गर्दै उहाँले नेपालको पुनःनिर्माणमा पनि सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो । संविधान लेखनका निम्ति दलहरूबीच भएको सहमति तथा संविधानसभाले पारित गरेको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाको उहाँले स्वागत गर्नुभयो ।

अर्थसचिव शर्माले नेपालको सामाजिक–आर्थिक विकासमा जर्मन सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै नयाँ संविधान प्राप्तिसँगै नेपालको आर्थिक विकासका गतिविधि बढ्ने वातावरण बनेको बताउनुभयो । रासस
हरि लामिछाने

तपाइँको प्रतिक्रिया ।