दश फाँकी साइनोका : छायादत्त न्यौपाने बगर (कविता )

दश फाँकी साइनोका : छायादत्त न्यौपाने बगर  (कविता )

कपन अनलाइन

काठमाडौं असार ९।

बारी यो सिजनाको
बिउ माग्छ साधनाको
सम्झना सूत्र साइनोको !

माटो मासी रम्नु छ
छाप्राको रस चुस्नु छ
गउँत छरी चोखिनु छ !

यो हो कुरौटे मेलो
सञ्जालको सङ्कुचन
मन–विवेक विचलन ?

चतुर खेलाडी हुँ
सुन साट्छु घुनशीत
ध्याउन्न मेरो म बाँच्ने ?

तिखा ती काँडाहरू
फूल मन पर्ने मान्छे
जतनले बाँच्छ जीवन !

कुरा हुन्छन् माटाका
यी कर्म जति व्यक्तिका
द्वन्द्व चल्छन् भागबिलाका !

म रम्छु पैसासँग
मन रम्छ मनसँग
जीवन हो सिर्जनासँग !

पुरानै छ नि नसा
नफेरी हुन्न टाउको
सबै जोगी कान चिरुवा ?

पेलिने हो निमुखा
पेल्छ सत्ता भत्ता जत्था
व्यक्ति–सुख, राज्य खपत ?

यी अनन्त जिज्ञासा
खै कति भए सिर्जना
गति थप भन्छ साधना !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।