बुढानीलकण्ठको नीति तथा कार्यक्रम : बुढानिलकण्ठ मन्दिरका संरचना हटाउने र सटर खाली गरिने

बुढानीलकण्ठको नीति तथा कार्यक्रम : बुढानिलकण्ठ मन्दिरका संरचना हटाउने र सटर खाली गरिने

कपन अनलाइन

काठमाण्डौ,असार  ७।

बुढानीलकण्ठ नगरपालिका नगर सभाको १२ औं अधिवेशन नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा असार ०७ गते (आज) बाट सुरु भएको छ । सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्य लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेकाे थियो ।

नगर प्रमुख मिठाराम अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पर्यटन खण्डको उपखण्ड( ङ्ग ) मा बुढानिलकण्ठ मन्दिरलाई देशकै एक विसिस्ट धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने उल्लेख गरिएको छ।

सो नीति तथा कार्यक्रमका अनुसार मन्दिर भित्रका साना संरचना हटाउने र ससो स्थानमा रहेका  सटर खाली गरि रंग रोगन गर्ने उल्लेख गरिएको छ भने हाल रहेको सार्वजनिक सौचालयका स्थानमा सुविधा सम्पन्न सार्वजनिक सौचालय निर्माण गर्ने कार्यक्रम अगाडी सारिएको छ।

त्यस्तै सो मन्दिर क्षेत्रमा रहेका फूल प्रसाद व्यवसायी र गौशालालाई अन्यत्र स्थानान्तरण गर्ने योजना ल्याइएको सो नीति तथा कार्यक्रममा मन्दिर प्रांगणमा निशुल्क खानेपानी तथा आरामदायी विश्राम स्थल निर्माण गर्ने उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।