श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा तीनचुलीको ऐतिहासिक कुवा ( पानी ट्यांकी) मर्मत 

श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा तीनचुलीको ऐतिहासिक कुवा ( पानी ट्यांकी) मर्मत 

कपन अनलाइन

काठमाडौं, असार ३ । काठमाडौं महानगरपालिका वडा नं ६  तीनचुली भुवल डांडामा अवस्थित ऐतिहासिक कुवा( पानी ट्यांकी) मर्मत  गरि उद्घाटन  गरिएको   छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा तीनचुली स्तुप संरक्षण समाजको समन्वयमा ऐतिहासिक कुवा( पानी ट्यांकी) मर्मत कार्य  सम्पन्न भइ शनिबार एक कार्यक्रमका बीच प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरेका हुन ।

तीनचुली स्तुप संरक्षण समाजका अध्यक्ष प्रकाश लामाको अध्यक्षता भएको उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्ती माया तामाङ समितिका सदस्यहरु पशुपतिनाथ (श्याम) खतिवडा, जानुका भण्डारी श्रेष्ठ, रग्वा शेर्पा, शैलेश श्रेष्ठ, समासेवी ज्योति लामा, विट्स एकेडेमीका मिलन श्रेष्ठ लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालन अजिप लामाले गरेका थिए ।

समाजसेवी ज्योति लामाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेको कार्यक्रमका प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले रिबन काट्नुको साथै शिलालेख अनावरण गरि  ऐतिहासिक कुवा( पानी ट्यांकी)को उद्घाटन गरेका थिए ।

करिब ७ लाखको लागतमा मर्मत गरिएको उक्त ऐतिहासिक कुवा( पानी ट्यांकी) भवन  उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले आयोजकलाइ धन्यवाद दिएका थिए । उनले बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण सम्बर्धन प्रवर्दन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको  जानकारी गराए । उनले  विकास निर्माण संगै   युवा तथा महिलाहरुको शिप बिकासका साथै  शिक्षा स्वास्थ्य लगायत विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रमहरु समेत  गर्दै आइरहेको  बताए  । बौद्धनाथ क्षेत्र विकास समितिमा बिभिन्न राजनीतिक दल बाट प्रतिनिधित्व गर्ने सदस्य भए पनि  कुनै  राजनीतिक पुर्वाग्रह नराखी आफ्नो जिम्मेवारी पुरा गर्ने भन्दै  विकासका काम देखाउने गरि अघि  बढाउने बताए ।

उनले उक्त पुननिर्माण गरिएको  उक्त ऐतिहासिक कुवा( पानी ट्यांकी) रहेको  भवनको एउटा कोठा भुवल डांडा युवा क्लबले प्रयोग गर्ने भएको छ भने उक्त भवनमा वाटर एटिम संञ्चालनमा  ल्याउने  योजना समेत रहेको बताएका थिए । उनले वाटर एटीएम जडान भएसंगै सो क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध हुने  बिश्वास उनले ब्यक्त गरेका थिए ।

उनले  अपराधिक गतिबिधि न्यूनीकरणका लागि सडक बत्ति र सिसिटिभी क्यमरा जडान कार्य समेत क्षेत्र विकास समितिले गर्दै आएको बताए । श्री बौद्धनाथ क्षेत्र विकास समितिले  शिक्षा  स्वास्थ्य खेलकुदको क्षेत्रलाइ पनि प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी गराएका थिए । उनले आगामी दिनमा पनि आवश्कता हेरी सहयोग गर्दै जाने बताएका थिए । अध्यक्षताको आसन बाट बोल्दै  तीनचुली स्तुप संरक्षण समाजका अध्यक्ष प्रकाश लामाले सहयोगको लागि श्री बौद्ध नाथ क्षेत्र विकास समितिलाई धन्यवाद सहित  आगमी दिनमा पनि सहयोगको अपेक्षा गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।