लम्पि स्किन रोग बिरुद्ध भ्याक्सिन लगाउदै शंखरापुर नगरपालिका

लम्पि स्किन रोग बिरुद्ध  भ्याक्सिन लगाउदै शंखरापुर नगरपालिका

कपन अनलाइन

काठमाडौं, असार ३ । गाईबस्तुमा लाग्ने लम्पि स्किन रोग नियन्त्रण तथा रोकथामका लागि शंखरापुर नगरपालिकाले किसानका घर गोठ पुगेर भ्याक्सिन लगाउने काम सुरु गरेको छ । पशुचौपायमा सरुवा रोगको रुपमा आतंक मच्चाइरहेको लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि गाई–भैसीलाई भ्याक्सिन दिने काम सुरु भएको शंखरापुर नगरपालिकाका  प्रवक्ता  समेत रहेका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन  ।

गत जेठ २८ गतेदेखि सुरु भएको लम्पी स्कीन विरुद्धको भ्याक्सिन दिने काम असार २ गतेसम्म शंखरापुरको वडा नम्बर १ देखि ९ सम्म १ हजार ३ सय डोज दिइएको छ ।  लम्पी स्कीन रोगले प्रकोप लिन थालेपछि नगरकार्यपालिकाको आकस्मिक बैठक बसी    किसानका घर घर पुगेर भ्याक्सिन लगाउन सुरु गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नगर प्रमुख  रमेश नापितले नगरपालिकामा लम्पी स्कीन रोग फैलन नदिन आवश्यक रोकथाम र नियन्त्रणका विधि अपनाउन निर्देशन दिएका थिए ।  प्रमुख  नापितले नगरपालिकासँग पर्याप्त पशुस्वास्थ्यकर्मी नभए निजी क्षेत्रबाट सहभागिता जनाएर भएपनि  द्रुत गतिमा भ्याक्सिन लगाउने काम गर्न निर्देशन दिएका थिए ।

नगरपालिकाको पशु स्वास्थ्य विभागकी पशु स्वास्थ्य अधिकृत गिता  तिमिल्सिनाले  नगरपालिकाका कर्मचारी तथा निजी क्षेत्रका पशु स्वास्थ्यकर्मीहरुको सहभागितामा वडा नम्बर १ देखि ९ सम्म ‘एल.डि ट्वेन्टी फाइफ’ नामको भ्याक्सिन लगाईएको जानकारी गराएकी छन  ।

तपाइँको प्रतिक्रिया ।