गगन थापालाई रमेश प्रसाईको कटाक्ष ,भन्छन “काठमाण्डौ क्षेत्र ४ उहाँले पैत्रिक अंशमा पाएको हैन”

गगन थापालाई रमेश प्रसाईको कटाक्ष  ,भन्छन “काठमाण्डौ क्षेत्र ४ उहाँले पैत्रिक अंशमा पाएको हैन”

कपन अनलाइन

काठमाण्डौ ,असार ३।

रास्ट्रीय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कटाक्ष गर्दै काठमाण्डौ क्षेत्र नं ४ उनले पैत्रिक अंशमा नपाएको बताएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा भएको वडा भेलालाई संबोधन गर्दै प्रसाईले आगामी निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ मा घन्टी बज्ने बताउदै महामन्त्री थापाको दशकौ लामो बर्चस्व समाप्त गर्ने धारणा राखेका थिए।

कांग्रेस महामन्त्रीको क्षेत्र हुदैमा केहि फरक नपर्ने भन्दै केन्द्रीय सदस्य प्रसाईले रास्वपाले लिएको बाटो र सपनालाई २०८४ को निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ का जनताले अनुमोदन गर्ने विस्वास समेत व्यक्त गरेका थिए।

त्यस्तै सो भेलामा बोल्ने अन्य वक्ताहरुले महामन्त्री थापाको आलोचना गरेपनि २०७९ सालको निर्वाचनमा रास्वपाले किन आफ्नो उम्मेद्वारी फिर्ता लियो ? भन्ने प्रश्नको भने चित्तबुझ्दो उत्तर दिएका थिएनन ।

तपाइँको प्रतिक्रिया ।